Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत

खबरडबली संवाददाता

रौतहट ।  भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ । उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ ।वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ । त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्।

ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो।

सहमती अनुसार मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ।

मधेश प्रदेश  प्रहरी प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ । हाल अवस्था सामान्य हुँदै गएको छ । पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए । त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending