पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।
सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जानकारी गराएका छन् ।
उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुनेगरी कर्फ्यू जारी गरिएको हो ।
मिति २०८० फाल्गुन ०३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको बिषयलाई लिएर आज मिति २०८०।११।०७ गते बीरगंजमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले बीरगंज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ –याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०.११:०७ गते बेलुका ०५:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...




प्रतिकृया लेख्नुहोस्: