Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले प्रहरीमा जागिर खाने तयारी गरिरहेको बताएकी थिइन् ।

‘पछि उनले मलाई बारम्बार फोन सम्पर्क गरेर मेरो ठूला ठूलासँग चिनजान छ, तपाईंलाई प्रहरीमा जागिर लगाइदिन्छु, बसेर कुरा गर्नुपर्छ भनेर बारम्बार बोलाउँदै आएका थिए’, पीडितले भनेकी छन्, ‘जागिरको कुरालाई लिएर पटकपटक यस्ता कुराहरु बताउन थालेपछि म विश्वासमा परेर ७ माघमा अपराह्न साढे ३ बजेतिर भेट्नलाई रत्नपार्कमा आएको थिएँ ।’

अपराह्न ५ः४५ बजेतिर उनले ‘भोक लाग्यो, चिया खान होटलमा जाउँ’ भनेकाले आफू आरोपीसँगै हिँडेको उनले बताएकी छन् । त्यसक्रममा आफूलाई विभिन्न बहाना बनाएर काठमाडौं–११, सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेको उनले भनेकी छन् ।

कोठामा लगेर आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले जाहेरी दिएकी छन् । आरोपी तिरुवाले भने आफ्नो खुट्टाले उनको खुट्टामा छुनासाथ जाहेरवालाले बाहिर निस्किएर कोठाको चुकुल लगाएको दाबी गरेका छन् ।

‘त्यसपछि मैले ढोका ढक्ढक्याउँदा कसैले खोलेनन्, पछि प्रहरी आएर ढोका खोलेर मलाई लिएर गएको हो’, उनले भनेका छन् । प्रहरीले घटना भएका बेला पीडितले फोन गरेको एक जना व्यक्तिसँग पनि बयान कागज गराएको छ । ती व्यक्तिका अनुसार, पीडितले त्यो दिन आफूलाई तिरुवाले बलात्कार गरेको भन्दै रुँदै फोन गरेकी थिइन् । ‘मैले निजलाई गेष्ट हाउसको कोठामा थुनेर राखेको छु, तत्काल प्रहरीलाई बोलाइदिनुपर्‍यो भन्दै रुँदै फोन गरेको हुँदा मैले १०० मा फोन गर, म आउँछु भनेको थिएँ’, उनले भनेका छन् ।

घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending