Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

खबरडबली संवाददाता

पोखरा  । पोखरावासीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममार्फत उनीहरुले सो माग गरेका हुन् ।

राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार सङ्घ कास्कीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा विभिन्न सरोकारवालाहरूले विमानस्थललाई पूर्ण क्षमताअनुरूप सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले नै अपारदर्शी ढङ्गबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको गुनासो गरे । चाइना कम्पनीसँग गोप्य ढङ्गले सम्झौता गरेर यो विमानस्थल बनाएको उल्लेख गर्दै उनले सरकारले धेरै कुरा जनताबाट लुकाएर निर्माण कार्य सम्पन्न गरेको दाबी गरे । उनले यहाँका स्थानीयवासीको ठुलो दबाबपछि विमानस्थल बने पनि पोखरावासीलाई कुनै  जानकारी नदिई विमानस्थल निर्माण भएको भन्दै गुनासो पोखे ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थल निर्माण नभएको बताउँदै उनले टर्मिनल भवनमा कति यात्रु अटाउन सक्छन् भनी आफूहरूले सरकारसँग प्रश्न गरेको तर अहिलेसम्म त्यसको जवाफ पाइ नसकेको बताए ।

उनले भने, ‘टर्मिनल भवन यति सानो बनाएको छ कि त्यसलाई अन्तर्राष्ट्रिय टर्मिनल भवन भन्नै सकिँदैन । अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ तर त्यहाँ तेल भर्ने अवस्था छैन, कुनै जहाज बिग्रियो भने बनाउने अवस्था छैन, कार्गो छैन, रन वे अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन, अनि यसलाई कसरी अन्तर्राष्ट्रिय विमानस्थल भन्ने ?’  उनले अपुरो विमानस्थल छिटो छिटो हस्तान्तर गरेर नागरिक उड्डयन प्राधिकरणले गलत गरेको बताए ।

‘रन वे ढलान गरिएको छ, जुन सैनिक जहाज ओराल्नका लागि मात्र त्यस्तो गरिन्छ’ उनले भने । व्यावसायिक उडानका लागि सबै पिच नै हुने गरेको बताउँदै उनले ढलान गरेर रन वे बनाइएकाले त्यसमाथि शङ्का उब्जिएको बताए । उनले भने, ‘सुरक्षाको दृष्टिकोणले एकदमै शङ्का उब्जाएको छ ।’

पोखराका सामाजिक अभियन्ता कुमार रानाले पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको बताउँदै यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पोखरावासीले दबाब दिनुपर्ने बताए । ‘ऋण लिएर यो विमानस्थल बनाइएको छ, यदि यसलाई सफलतापूर्वक सञ्चालन गर्न नसकिए देश नै असफलतातिर जान सक्ने अवस्था आउन सक्छ’ उनले भने । उनले भने, ‘अहिलेको अवस्थामा जनतालाई गुमराहमा राख्नु हुँदैन, यसको यथार्थ जानकारीका लागि सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’

पोखराका वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले सरकारको कूटनीतिक कमजोरीका कारण पोखरा विमानस्थल यो अवस्थामा पुगेको बताए । बीआरआइ प्रोजेक्ट अन्तर्गत यो विमानस्थल बनेको होइन भन्ने कुरा राज्यले कूटनीति हिसाबले प्रस्ट पार्न नसकेको उनले गुनासो गरे । उनले भने, ‘हामी बैङ्कलाई ऋण तिरिरहेका कारण यो नेपालको विमानस्थल हो र यो नेपालले निर्माण गरेको हो, चीनले यसमा कुनै पनि दाबी गर्न हुँदैन ।’

विमानस्थल बीआरआइ प्रोजेक्टबाट बनेको हो भन्ने चीनले दाबी गरेपछि भारत यसबाट बिच्किएको बताउँदै उनले नेपालले यो बिआरआइबाट बनेको होइन भनेर भारतलाई प्रस्ट पार्नुपर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पोखरेली जनताको विभिन्न दबाबका कारण यो विमानस्थल निर्माण सम्भव भएको बताइन् ।

सञ्चालनमा आएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय उडानका लागि पोखरेलीले दबाब दिनुपर्ने बताइन् । ‘विभिन्न माध्यमबाट राज्यलाई दबाब दिइरहँदा पनि यो विभिन्न विवादमा मुछिएको छ, ठुलो लगानीमा निर्माण भएपछि त्यो अनुसार कार्य भएको छैन, यसमा राज्यले ध्यान दिनुपर्छ’  भण्डारीले भनिन् ।

अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखरावासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले विमानस्थलको पूर्ण सञ्चालन आजको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending