काठमाडाैं । उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुमनुब्री गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ । पालिका प्रमुख निमा लामासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भौगोलिक हिसाबले जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेकेको र विकास निर्माण कार्यमा ढुवानीको कारणले लागत बढ्न गएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा ‘गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कठिन भूगोल, क्षेत्रफल गोरखाका जिल्लाको ३६ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा अवस्थित गाउँपालिका हो । खास गरी यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाउँपालिका केन्द्र जोड्ने सडक समेत निर्माण नभएको र विकास निर्माणका कार्यमा ढुवानीको कारणले गर्दा अत्यधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान तथा बजेटरी कार्यक्रमहरू पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले एकतर्फ बजेट तथा अनुदानको आकार सानो हुने र अर्को तर्फ अत्यधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरू समेत गर्न बजेटको अभाव रहेको’ भन्दै ‘संघिय सरकारसंग विविध योजना, कार्यक्रम तथा नीतिगत व्यवस्था गर्न’ भनिएको छ ।
पालिकाको तर्फबाट संघिय सरकार संग सिर्दिबास, न्याकफेदी, चुम्चेत हुँदै छेकम्पार डुईला भन्ज्याङ मोटरबाटो निर्माण योजनालाई अगाडी बढाउन नेपाली सेनालाई जिम्मा दिन आग्रह गरिएको छ भने बेनीघाट–आरुघाट–आरखेत–रुइला भन्ज्याङको मोटरबाटाेलाई क्रमगत बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ ।
पालिकाको प्रशासकीय भवन नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गर्न, चुमनुब्री गाउँपालिका–१ को सामागाउँ र २ को ल्हो स्यालामा रहेको अव्यवस्थित बसोबासलाई जग्गा वितरण गर्न मनासलु संरक्षण क्षेत्र पर्ने भएका कारण बन ऐन संशोधन गरी आवश्यक कानुनी व्यवस्था गर्न तथा चीनसंग सीमा जोडिएको छेकम्पारको डुईला भन्ज्याङ र सामागाउँको रुईला भन्ज्याङ नाका खुल्ला गर्न आवश्यक कूटनीतिक पहल गरिदिन समेत आग्रह गरिएको छ ।
अध्यक्ष लामाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा पहिरोको जोखिममा रहेको देवलका ७६ र लोक्पाका २५ घरधुरीलाई बस्ती स्थानान्तरण गरिदिन, पालिकाको केन्द्र जोडने गरी बुढी गण्डकी नदीमाथि मोटरेवल पुलको व्यवस्था गरिदिन, छेकम्पारको छुलेनिले, चुम्चेत, जगत, ल्हो र सामागाउँमा सञ्चार सम्पर्कका लागि असहज भएको भन्दै फोजी सहितको टावर निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस बाहेक पनि पालिकाले प्रधानमन्त्री प्रचण्डलाई हिमाली आवसित छात्रावासको कोटा थप गर्न, जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गरिदिन, हालको मनासलु पदमार्ग परिवर्तन गरी आँगासस्र्यु–लोक्पा–सिपचेत–धुम्जे–गुम्बालोङडाङ हुँदै गणेश हिमाल बेश क्याम्प हुँदै गाला–छेकम्पार पदमार्ग कायम गरिदिन, समग्र गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिदिन समेत आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...
चैत्र १७ गते, २०८२ - १९:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...
चैत्र १७ गते, २०८२ - १९:२१
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...
चैत्र १७ गते, २०८२ - १९:१९
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...
चैत्र १७ गते, २०८२ - १९:१७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...
चैत्र १७ गते, २०८२ - १९:१५
काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...
चैत्र १७ गते, २०८२ - १९:१४
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...
चैत्र १७ गते, २०८२ - १९:१२
टोकियो । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...


प्रतिकृया लेख्नुहोस्: