काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विभिन्न ब्यान्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए । सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।
सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - २१:४५
रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...
बैशाख १७ गते, २०८१ - २०:०२
सल्यान । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...
बैशाख १७ गते, २०८१ - २०:०१
सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...
बैशाख १७ गते, २०८१ - १९:५६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...
बैशाख १७ गते, २०८१ - १९:२४
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...
बैशाख १७ गते, २०८१ - १६:३५
काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ । ३५ हजार ६११ मत गणना हुँदा एमाले उम्मेदवा...
बैशाख १७ गते, २०८१ - १६:००
इलाम । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...
बैशाख १७ गते, २०८१ - १५:५८
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...
बैशाख १७ गते, २०८१ - १५:५४
रामेछाप । जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...
बैशाख १७ गते, २०८१ - १५:३३
रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...
प्रतिकृया लेख्नुहोस्: