Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । 

काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए ।

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए ।

“परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ”, ‘प्रचण्ड’ले भने, “रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।”

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैँ चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।     
     
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुनसक्छ ।”

जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री दाहालले कानुनको शासन, मानवअधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने बताए । 

प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूणर् पाठः     
     
सम्माननीय राष्ट्रपतिज्यू,     
सम्माननीय उपराष्ट्रपतिज्यू,     
सम्माननीय प्रधानन्यायाधीशज्यू,     
सम्माननीय सभामुखज्यू,     
सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,     
माननीय मन्त्रीज्यूहरू,     
माननीय राज्यमन्त्रीज्यूहरू,     
विदेशी कूटनीतिक नियोगका प्रमुखज्यूहरू,     
राष्ट्रसेवक कर्मचारीहरू,     
सुरक्षाकर्मीहरू,     
सञ्चारकर्मी मित्रहरू,     
उपस्थित आदरणीय जनसमुदाय । 

नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार र रूपान्तरणका निम्ति नेपाली जनताले निकै ठूलो सङ्घर्ष र बलिदान गर्दै आएका छन् । परिवर्तनप्रतिको अटल अनुरागसहित जनताको अदम्य साहस र वीरतापूणर् सङ्घर्षबाट नेपाली समाज राजनीतिक, आर्थिक रूपान्तरणका विभिन्न चरणहरू पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ ।

यही सङ्घर्षको ऐतिहासिक परिघटनाकारूपमा जनताले लोकतान्त्रिक अधिकारको जग बसालेको दिन अर्थात् फागुन ७ गतेलाई प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।     
 विसं २००७ मा तत्कालीन जहानियाँ राणाशासन अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि नेपाली जनताले अमूल्य योगदान गरेका थिए । फलस्वरूप सङ्कुचित पारिएको जनताको अधिकार एवं स्वतन्त्रता र विकासको चाहनालाई मूर्तता दिन प्रजातान्त्रिक र विधिको शासन स्थापित भएको थियो । प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने क्रममा नेपाली जनताले नागरिक हक र अधिकारका लागि प्राण उत्सर्गसहित वीरतापूणर् सङ्घर्षबाट जहानिया निरकुंश व्यवस्थालाई पराजित गरेका थिए ।

आजको यस ऐतिहासिक दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था स्थापना तथा राष्ट्रियताको रक्षाका निमित्त आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूणर् महान् सहिदहरूप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दछु । नागरिक स्वतन्त्रता एवं हक अधिकार स्थापनाका लागि विभिन्न आन्दोलनमा बेपत्ता भएका महान् योद्धाहरूको उच्च सम्मानसहित स्मरण गर्दछु ।

घाइते भएका तमाम योद्धाहरूप्रति सम्मान र शीघ्र स्वास्थ्यलाभको कामनासहित दीर्घजीवनको कामना गर्दछु । निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु । 

निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूणर् जनसङ्घर्ष, क्रान्ति, आन्दोलनका माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको छ । संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको छ ।   

नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको छ । आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला हो । यस ऐतिहासिक अवसरमा ती तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै नेपाली माटो सुहाउँदो लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुनसमेत सम्पूणर् जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

यतिखेर म, नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको छु । नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ हामीलाई गरेको अभुतपूर्व विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन र संविधानले प्रत्याभूत गरेका हकअधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु । यस दिशामा आ(आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूणर् राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु । 

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रका रूपमा स्थापित गर्नुछ । कूल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्नु छ । परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनु छ । रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नु छ ।

युवामा आशाको नयाँ रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नु छ । सङ्घीय प्रणालीले सिर्जना गरेका अथाह सम्भावनाहरूलाई अवसरमा बदल्नु छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नु छ ।

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था हो । जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्दछ । लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहन्छ । 

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुन सक्छ । जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ । प्रजातान्त्रिक व्यवस्थाको सारका रूपमा रहने कानुनको शासन, मानव अधिकारका मूल्य र मान्यता लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिन्छ ।

प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल र संविधान निर्माणपछिको मेरो दोस्रो कार्यकाल सङ्घीयता कार्यान्वयनमा केन्द्रित रहेको छ । यद्यपि, सङ्घीयताको कार्यान्वयनसम्बन्धी आवश्यक कानुनहरू निर्माणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारका कामहरू प्रभावित बनिरहेका छन् । यही यथार्थलाई गहिरोसँग आत्मसात गर्दै मेरो नेतृत्वमा रहेको वर्तमान सरकार सङ्घीय कानुनहरूको निर्माण, कार्यविस्तृतिकरणको थप मूर्तिकरणसहित परिमार्जनका निम्ति गम्भीरतापूर्वक काम गरिरहेको छ । सरकारको यस प्रयासलाई सबै क्षेत्रबाट सकारात्मक र रचनात्मक सहयोग हुने मैले विश्वास लिएको छु । 

संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो । वर्तमान सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन गर्दै समृद्धि हासिल गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयङ्गम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्षम र दृढ छ । 

अन्त्यमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालमा भएको क्रान्ति र गणतन्त्र, सङ्घीयता, समावेशी शासन प्रणाली स्थापनाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा प्राणको आहुति दिने महान् सहिदहरू, अग्रज राजनीतिकर्मीहरू, बुद्धजीवी, नागरिक समाजका अगुवाहरू र लोकतन्त्रप्रेमी जनसमुदायमा सम्मान व्यक्त गर्दै उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । धन्यवाद ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending