Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

ख्रीष्टियन समुदायमा एक्लिए सिबि गहतराज, उपाध्यक्षसहति बहुमत चिमौरियातिर

खबरडबली संवाददाता

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादको दलदलमा फसेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले समस्या समाधान गर्न विशेष महाधिवेशन घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकारसम्मेलन गरी पूर्व–अध्यक्ष सिबी गहतराजले संस्थालाई बन्दक बनाएको भन्दै ६० दिनभित्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर निकास दिन लागिएकोसमेत जनाएको छ ।

महासंघका कार्यवाहाक अध्यक्ष उद्धब प्रसाद चिमौरियाले सिबी गहतराजसँग आफ्नो १५ वर्षदेखिको लामो सहकार्यलाई स्मरण गर्दै, गहतराज हरेक निर्णयहरु आफू केन्द्रीत र निजी स्वार्थपूर्तिको लागि गर्दै आएको बताए । पछिल्लो समयमा गहतराजका गलत क्रियाकलापको कारण संस्था धारासायी भएको जनाउँदै भने,“उहँको एकलौटी र आफू अनुकुल हुनुपर्ने हठले आफू त सडकमा पुग्नु भयो नै, संस्थालाई पनि कोमामा पुर्याउनु भयो, उहाँले संस्थालाई मार्न चाहे पनि हामी राम्रो औषधी र डाक्टरहरुद्वार उपचार गरेर चलाउँछौं ।”

चिमौरियाले संस्थाको जिर्णोद्वार गर्न सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठसहितले पहल गरेकोमा धन्यबाद दिदै भने,“सिबी जीको एकलकाट्टे प्रवृत्तिविरुद्ध तुलसी जी र उपमहासचिब उपेस नौबागसहितको बहुमतको टिम संथालाई नयाँ निकास दिने पक्षमा खडा हुनुभयो, हामी पनि विशेष महाधिवेशनद्वारा नयाँ नेतृत्व चयन गर्ने पक्षमा एककित्तामा उभिएका छौं ।”

सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले समस्या समाधानको लागि जिल्ला प्रशासनसम्म पुगेको र त्यहाँ पनि हल नभएको बताउँदै भने,“सिडियो साबको रोहबरमा कयौं पल्ट विभिन्न विकल्प दिदा पनि सिबी जी मिलेर अधिवेशनमा जान तयार हुनुभएन ।” ‘जुनसुकै निर्णय गरे पनि आफ्नो नेतृत्वमा महासंघ नहुनेभए संस्था नै बन्द गर्ने भनेपछि, यो अन्तिम विकल्पमा आउन बाध्य भयौं ।’ श्रेष्ठले थपे ।

विगत लामो समयदेखि सिबीको पक्षमा रहेर सहयोग गर्दै आएको बताउँदै श्रेष्ठले पछिल्लो पटक संस्थालाई अनिर्णयको बन्दी बनाएर भन्दा निकास दिन, सबै सदस्यहरुलाई एकतामा ल्याएर संस्थालाई गतिशील बनाउँ भन्ने सल्लाह दिँदा आफूसँग चिडिएको जनाए । समस्याको निकासका लागि काबा अध्यक्ष उद्धब प्रसाद चिमौरियालाई पनि मिलाएर जाउँ भनेपछि आफूलाई मनोवैज्ञानिक दबाब दिन थालेको बताउँदै भने,“केही अमुख गुण्डाहरु पठाएर भौतिक आक्रमण गर्नेसम्मको धम्की दिए, म यहि मञ्चबाट सिबी जीलाई चेतावनी दिन्छु, कि तपाईका ठिटाहरुसँग डराईन्न ।” 

सिबीले संस्थालाई पैतृक सम्पत्ति जस्तै पेवा बनाएकोले उनको साथ छाड्नु परेको बताउँदै श्रेष्ठले भने,“धार्मिक संस्थामा व्यक्ति हावि भएर गुण्डाराज चल्दैन, तपाईको एकल चुरिफुरीले केहि हुनेवाला छैन, बरु घुँडा टेक्नुस् माफी माग्नुस, मिलेर अधिवेशनमा जाउँ, के थाहा ? फेरी चौथो कार्यकाल पनि पाई पो हाल्नु हुन्छ की ! ”

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष डा.जित घलेले आम ख्रीष्टियनहरुको आस्थाको धरोहर महासंघलाई समस्याको दलदलमा फसाएको भन्दै नेतृत्वप्रीत रोष व्यक्त गरे । पूर्वअध्यक्ष गहतराजले ३ कार्यकाल एकलौटी चलाएको र संस्थालाई नाजुक अवस्थामा पुर्याएको भन्दै निकासको लागि मार्ग प्रसस्त गर्नुपर्नेसमेत सुझाए । 

घलेले इसाई धर्मशास्त्रको विरुद्ध गएर सिबीले आफ्नै सहकर्मीहरुलाई धाक–धम्की दिनु गलत भएको बताउँदै भने,“प्रिय मित्रले कुन शास्त्र पढ्नुभयो कुन्नि ! फल फलाउनु राम्रो हो,विरुवा काट्नु राम्रो हैन, तपाईको स्वर्थका लागि संस्था मार्नु गलत हो ।”  घलेले इसाई धर्मावलम्बीको संरक्षक संस्थाको रक्षाका लागि आफू राज्यको जुनसुकै तहसम्म गएर पहल तथा सहयोग गर्न तयार रहेको बताउँदै, नयाँ नेतृत्व चयन गर्न ढुक्कसँग अधिवेशनमा लाग्न शुभकामना दिए ।

७० वर्षिय सह–अध्यक्ष डोमा राईले आफ्नो जीवनका महत्वपूर्ण समय इसाई धर्मको प्रवद्र्धन र संरक्षणका लागि विताएको जनाउँदै, यसरी अहिलेको अवस्था आएकोमा दुखि भएको बताईन ।

माहासचिब ज्ञानेन्द्रराज सापकोटाले सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठको नृत्वमा रहेको टोलिले सिबी र चिमौरियासहितलाई मिलाउन लामो समयदेखि पहल गरे पनि सिबीको एकल हठको कारण निकास ननिस्किएपछि विशेष महाधिवेशन गर्ने अवस्थामा पुगेकोे बताए ।
उपमहासचिब उपेस नौबागले पूर्वअध्यक्ष सिबी गहतराजलाई आफ्नो एकलकट्टे व्यवहार र हठी प्रवृत्ति छाडेर एक हुन सुझाएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending