पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् । वडा नं.–७ हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सुवेदीले पोसाक वितरण गरेका हुन् ।
आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए ।
“आमाले अदुवा, अमिलो, पिँडालु बेचेर हुर्काउनुभयो, बुबाले सिकर्मी काम गरेर घरव्यवहार धान्नुभयो” सुवेदीले भने, “अभावको पीडा मलाई राम्रोसँग थाहा छ त्यसैले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्न म सधैँ तत्पर रहन्छु ।” आफू जनप्रतिनिधि भएपश्चात् प्राप्त सेवा सुविधाको रकम जनसेवामा खर्च गर्दै आएको जानकारी दिँदै उनले आमा समूह, युवा प्रोत्साहन, कृषि प्रवर्धन, विद्यार्थी प्रोत्साहन तथा बिरामीहरूको उपचारका लागि सहयोग गरेको बताए ।
जनप्रतिनिधि रहँदासम्म यो क्रम निरन्तर रहने उनको भनाइ थियो । यसअघि उनले विश्वशान्ति मावि र चण्डी आविका विद्यार्थीलाई पोसाक वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका युवा नेता तथा खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु पुनले रूपामा राजन जस्ता जनप्रतिनिधि सबै वडामा हुने हो भने रूपा साँच्चिकै रूपवान् बन्ने धारणा राखे । राजन सुवेदीको सेवा सुविधाको रकमबाट रूपा गाउँपालिकाभित्र धेरै क्षेत्रमा काम भएको हुँदा राजन रूपामा मात्रै नभएर जिल्लामै असल जनप्रतिनिधिका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै पुनले अबको अभियान राजन जस्ता जनप्रतिनिधि जन्माउने काममा केन्द्रित हुनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक तथा निवर्तमान प्रअ राजेन्द्रराज भट्टराईले रूपा– २ का वडा अध्यक्ष राजन सुवेदी रूपाको मात्र नभई देशकै अमूल्य निधि भएको विचार राखे । युवा समाजसेवी विश्व न्यौपानेले अब कामका आधारमा जनप्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रअ रामशरण न्यौपानेले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: