पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् । वडा नं.–७ हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सुवेदीले पोसाक वितरण गरेका हुन् ।
आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए ।
“आमाले अदुवा, अमिलो, पिँडालु बेचेर हुर्काउनुभयो, बुबाले सिकर्मी काम गरेर घरव्यवहार धान्नुभयो” सुवेदीले भने, “अभावको पीडा मलाई राम्रोसँग थाहा छ त्यसैले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्न म सधैँ तत्पर रहन्छु ।” आफू जनप्रतिनिधि भएपश्चात् प्राप्त सेवा सुविधाको रकम जनसेवामा खर्च गर्दै आएको जानकारी दिँदै उनले आमा समूह, युवा प्रोत्साहन, कृषि प्रवर्धन, विद्यार्थी प्रोत्साहन तथा बिरामीहरूको उपचारका लागि सहयोग गरेको बताए ।
जनप्रतिनिधि रहँदासम्म यो क्रम निरन्तर रहने उनको भनाइ थियो । यसअघि उनले विश्वशान्ति मावि र चण्डी आविका विद्यार्थीलाई पोसाक वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका युवा नेता तथा खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु पुनले रूपामा राजन जस्ता जनप्रतिनिधि सबै वडामा हुने हो भने रूपा साँच्चिकै रूपवान् बन्ने धारणा राखे । राजन सुवेदीको सेवा सुविधाको रकमबाट रूपा गाउँपालिकाभित्र धेरै क्षेत्रमा काम भएको हुँदा राजन रूपामा मात्रै नभएर जिल्लामै असल जनप्रतिनिधिका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै पुनले अबको अभियान राजन जस्ता जनप्रतिनिधि जन्माउने काममा केन्द्रित हुनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक तथा निवर्तमान प्रअ राजेन्द्रराज भट्टराईले रूपा– २ का वडा अध्यक्ष राजन सुवेदी रूपाको मात्र नभई देशकै अमूल्य निधि भएको विचार राखे । युवा समाजसेवी विश्व न्यौपानेले अब कामका आधारमा जनप्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रअ रामशरण न्यौपानेले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: