बागलुङ । बागलुङका ३ सय कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुर बढ्दै गएको र पैदल यात्री तथा स्थानीयलाई जोखिम समेत बढेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द बागलुङले बन्ध्याकरण शिविर गराएको हो ।
केन्द्रले केन्द्रीय रिफरल पशु चिकित्सालयको प्राविधिक सहयोग र बागलुङ नगरपालिकाको समन्वयमा तीन दिने शिविर सञ्चालन गरेको हो । कुकुर छोपेर ल्याउने तथा आफ्ना कर्मचारी र प्राविधिकसमेत नगरपालिकाले शिविरमा पठाएको थियो ।
बिहीबार, शुक्रबार र शनिबार भएको शिविरमा बागलुङ बजारका मात्रै झन्डै २ सय कुकुरको बन्ध्याकरण गरिएको हो । केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक ऋषिराम सापकोटाका अनुसार बजार क्षेत्रका ८३ सामुदायिक र ९३ घरपालुवा कुकुरको बन्ध्याकरण भएको हो ।
त्यसबाहेक बडिगाडका ५९ र बरेङका ७५ कुकुरको बन्ध्याकरण गएिको थियो । उक्त अवसरमा २५ कुकुरलाई रेबिजविरुद्ध खोप दिइएको छ । ४ वटा कुकुरको ट्युमर र ११ वटाको हर्नियाको अपरेशनसमेत गरिएको थियो ।
रेबिज रोग लागेका कुकुरसमेत भेटिन थालेपछि उनीहरुको व्यवस्थापन गर्ने अभियानमा पनि बागलुङ नगरपालिकाले काम थालेको छ । नगरपालिकाले कुकुर होस्टेलका लागि मुख्यमन्त्री कार्यालयसँग साझेदारी काम गर्ने सम्झौता गरेको छ ।
पछिल्लो समय सामुदायिक कुकुर बढ्दा पैदल यात्री र स्थानीयलाइ टोक्ने क्रम पनि बढेको छ । अस्पतालमा उपचार गर्ने बिरामीसमेत बढी देखिएको हो । कुकुरले लखेट्दा मोटरसाइकल सवार केही व्यक्तिको दुर्घटनामा मृत्युसमेत भएको थियो ।
बन्ध्याकरणपछि संख्या नबढ्ने र त्यसले रेबिजको पनि जोखिम कम हुने पशु प्राविधिक केशव पौडेलले बताए । बन्ध्याकरणका लागि वरिष्ठ पशु चिकित्सक डा। अर्जुन अर्याल नेतृत्वमा ९ सदस्यीय टोली बागलुङ आएको थियो । टोलीले पशु एम्बुलेन्ससमेत ल्याएको थियो । सामुदायिक कुकुरलाई बन्ध्याकरणपछि पोसिलो खाना खुवाएर मात्रै छाडिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: