Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

संरक्षणको पर्खाइमा धनकुटा चौबिसेका तालहरू

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन ।

संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित राजारानी बजारमा रहेको राजा र रानी तालमध्ये राजातालको पाँच सय रोपनीभन्दा बढी क्षेत्रफल दलदलमा सीमित रहेको छ ।

तालको रानीताल क्षेत्र २०६३ सालबाट १५० रोपनीमा संरक्षण गरिए पनि सँगै जोडिएको राजाताल भने जग्गादाताले सहकार्य नगर्दा संरक्षण गर्न नसकिएको मावरक रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिए ।

पैसठ्ठी घरधुरीको जमिनलाई सहकारीमा कायम गरेर संरक्षण थालिएको रानीताल क्षेत्रको बृहत् विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० गरिसकेको छ । तर, सँगैको राजातालको जमिन जग्गादातासँगको सहकार्य नमिलेका कारण ताल निर्माण गर्न नसकिएको चौबिसे पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका चेम्जोङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको वडा नं २ को शौरेबजारसँगै रहेको धप्पड तालसँगै रहेको टिठुङ ताल पनि संरक्षणको पर्खाइमा रहेको छ । गाउँपालिकाले गत वर्षबाट रु चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पडताल संरक्षणको काम सुरु गरेको छ । तर सँगै रहेको टिठुङताल बजेटको अभाव हुँदा संरक्षण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

त्यस्तै पालिकाको वडा नं १ सानो मुक्तरामा रहेको काङ्गडातालको पनि पूर्णरूपमा संरक्षण हुन नसकेको पूर्ववडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

व्यक्तिको नाममा रहेको करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको यो तालको दुई वर्षअघिबाट संरक्षण थालिए पनि बजेट अभावमा यसको पूर्णरूपमा प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ ।

पालिकाको वडा नं १ को स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानीपोखरी ताल अलपत्र अवस्थामा रहेको छ । व्यक्तिको नाममा रहेको यो पोखरी आंशिकमात्र खेतीपाती गरिएकाले अधिकांश तालक्षेत्र दलदल र सिमसार रहेको छ । यस क्षेत्रका अधिकांश जग्गाधनी तराईमा रहेकाले आफ्नो कार्यकालमा गरेको पहल पूरा हुन नसकेको पूर्वगाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिए ।

तालको संरक्षण गर्न व्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरिसकिएकाले ताल निर्माणको काम अब अघि बढ्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

त्यस्तै पालिकाको वडा नं १ स्थित छ नम्बर बुधबारे बजार नजिक पूर्वमा करिब ४० रोपनीमा रहेको गडेरेताल पनि संरक्षण अभावमा दलदलमा सीमित छ ।

व्यक्तिको नाममा रहेको यो तालको संरक्षणका लागि गाउँवासीले केही वर्षअघि जमिन दिने निर्णय गरे पनि तालबाट आउने आम्दानीका विषयमा पालिकासँग कुरा नमिल्दा ताल बन्न नसकेको वडाध्यक्ष देवेन्द्र क्षेष्ठले जानकारी दिए ।

हाल उक्त स्थान र रानीपोखरी तालमा कृषि मन्त्रालयबाट माछापालनका लागि सर्वेक्षण भइरहेको उनले जानकारी दिए । ‘पानी र जमिन त्यसै खेर जान दिनुभन्दा हामी पर्यटनको विकल्पमा माछापालन गर्ने कि भन्ने सोचमा छौं’, अध्यक्ष श्रेष्ठले भने ।

यी ताल निर्माणाधीन एक सय किलोमिटर भेडेटार(रवि–राँके राजमार्गको पहुँचमा रहेकाले यहाँका तालको संरक्षण र प्रवर्द्धन गर्नसके यस पालिका क्षेत्रलाई तालैतालको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

गएको पाँच वर्षमा यसको प्रवर्द्धन गर्न खोजिए पनि पर्याप्त बजेट अभावमा तालहरूको संरक्षणका लागि व्यक्तिसँग समन्वयन गर्न कठिन हुँदा ताल संरक्षणको काम अधुरै रहेको पालिका पूर्वअध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

यसका लागि पालिकाले सबै ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू र पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमारले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending