काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले संसद बैठकमा एक स्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गर्दै उनकाे राजिनामा मागेका हुन् ।
भामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे । पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भएकाे बताउँदै उनले सरकारले बनाएकाे आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भएकाे र दुई युवकको मृत्यु भयो भन्ने रहेकाे बताए ।
कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गरे । ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस्,’ उनले भने ।
त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे । ‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै उनले सरकारको नियतमाथि नै शंका लागेको पनि बताए ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गरे । ‘छानबिन आयोगले मन्त्री ज्वाला दोषी ठहर गरिसकेको छ । उनलाई मन्त्रीबाट हटाउन राप्रपा माग गर्दछ,’ उनले भने ।
रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वाला चढेको गाडी समेत जलाइदिएका थिए । प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला झन्डा हल्लाउँदै घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बताइन्छ ।
प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् ।
आफैंले राजीनामा नदिए मन्त्री ज्वालालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: