Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

विपक्षी दलहरुको एक स्वरः भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले संसद बैठकमा एक स्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गर्दै उनकाे राजिनामा मागेका हुन् । 

भामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे । पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भएकाे बताउँदै उनले सरकारले बनाएकाे आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भएकाे र दुई युवकको मृत्यु भयो भन्ने रहेकाे बताए ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गरे । ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस्,’ उनले भने ।

त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे । ‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै उनले सरकारको नियतमाथि नै शंका लागेको पनि बताए ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गरे । ‘छानबिन आयोगले मन्त्री ज्वाला दोषी ठहर गरिसकेको छ । उनलाई मन्त्रीबाट हटाउन राप्रपा माग गर्दछ,’ उनले भने ।

रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वाला चढेको गाडी समेत जलाइदिएका थिए । प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला झन्डा हल्लाउँदै घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बताइन्छ ।

प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् ।

आफैंले राजीनामा नदिए मन्त्री ज्वालालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending