Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

दलित अगुवा भन्छन्ः अधिकारको लागि ६० लाख दलित एकजुट बन्नु पर्छ

खबरडबली संवाददाता

काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भएको दलित समुदाय एक हुने सुत्र खोज्नुपर्नेसमेत बताए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदिय दलका सचेतक रणसिंह परियारले दलितले आफ्नो अधिकारको लागि एकजुट नहुँदा उत्पीडन खेप्नु परेको बताएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका परियारले जुनसुकै पार्टीमा रहेपनि दलित अधिकारको लागि एकीकृत भएर लड्नु पर्ने धारणा राखेका छन् । परियारले १३ सयभन्दा बढी दलितले वर्तमान परिवर्तनका खातिर जनयुद्धमा बलिदान गरेर ल्याएको आजको व्यबस्थामा पनि दलितहरुले कहाली लाग्दो उत्पीडन खेप्नु परेकोमा दुःख व्यक्त गरे ।

पहिचानवादी नेता आङ्काजी शेर्पाले देशमा विशाल संख्यासहितको बाहुल्यता भएको दलित समुदाय एकजुट नभएका कारण अधिकारबाट च्यूत भएको जिकिर गरे । आदिवासी जनजाति महासंघका पूर्व महासचिबसमेत रहेका शेर्पाले अधिकार मागेर नभई बरु खोस्नु पर्ने बताउँदै भने,“लातका भूत बात से नहीमान्ता’ भनेजस्तै जनयुद्धमा जस्तै सेना बनाएर लड्ने आँट गर्नुस् ।” नेपालमा जतिसुकै परिवर्तन आए पनि आदिवासी–जनजाति र दलितलाई हर्ष न विस्मात ! परिवर्तनको फलको भोकचलन तिनै बाहुनले गर्दै आए । शेर्पाले अगाडी भने ।
शेर्पाले देशका हरेक पार्टीमा दलितहरु भाग खानलाई बस्नु गलत भएको बताउँदै भने,“तपाईहरु काँग्रेस,माओवादी र एमालेका झोले भएर बसे कहिल्यै अधिकार पाउनु हुन्न, तपाईहरुले पनि पार्टी खोल्नुस ।”

पूर्व राजदूत डा.निर्मल विश्वकर्माले नेपालका कम्युनिस्टहरुले साम्यवादको नारा दिएर लडे पनि संघर्षपछि उनिहरु सामन्ति व्यवस्थाका पूजारी भएको आरोप लगाएका छन् । विश्वकर्माले संविधानमा समाजवाद उन्मुख भनिए पनि त्यतातिर भन्दा उल्टो तिर लागेको जिकीर गरे । कम्युनिस्टहरुले जसको जोत उसैको पोत भन्ने नारा दिएपनि झन उनिहरु सत्ता र शक्तिमा पुगेर नवसामन्त र जमिन्दार बन्ने गरेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य चन्देश्वर पासवानले एकल ब्राह्मणवादी नेपाली समाजको रुपान्तरणको लागि चाँडै मधेशमा बिद्रोह हुने चेतावनी दिए ।

संयूक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले २००३ सालदेखि नेपाली कांग्रेस र ६ सालदेखि कम्युनिस्टको नाममा हिन्दु बर्णासन व्यवस्थाको कारण दलित उत्पीडनको जाँतोमा पिसिरहेको बताए । कम्युनिस्टहरु साम्यबादको ढ्वाङ फूकेर सामान्ति र दलाल व्यवस्थाका हिमायति भएको आरोप लगाए ।

समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर बिकले मनुवादी जात व्यबस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको बताए । बिकले २१औं शताब् धीमा जनावरको अधिकार रक्षाको कुराको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यवहार खेप्नु दुर्भाग्य भएको बताए ।

सो समाजका उपमहासचिव मनिस बर्देवाले समाजवाद उन्मुख संविधान बनाए पनि त्यसको कार्यान्वयनका लागि पुनः दलित बिद्रोहको आवश्यकता रहेको बताए ।

परिसंघ भारतका राष्ट्रिय सचिब अधिवक्ता सुनिल मेहरा भारतका भिमराव अम्बेटकर सम्पूर्ण दलित समुदायको लागि एक आदर्श पात्र भएको बताए ।

भारतको परिसंघ दिल्लीका महासचिव डा.ओम सुधाले हिन्दुवादी जातिय वर्णव्यबस्थाको कारण सम्पूर्ण दलितले चाहे भारत या चाहे नेपालमा ठूलो कष्ट भोग्नु परेको बतए ।

भारतको भिमसैनिक दलका अध्यक्ष चन्दन कुमार पासवान आफूहरुले भारत होस या नेपाल दुबै देशमा कथित उच र निच जातिय व्यबस्थाबाट उत्पीडित जनताको लागि आवाज उठाईरहेको बताउँदै भने,“देश होस् चाहे विदेश सबैतिरका दलित एक भएर लड्नुको विकल्प छैन ।”

श्रमीक जनता पार्टी अध्यक्ष दुर्गा बराईली जहिले पनि सत्ता र शक्तिमा ब्राह्मणहरु हावि हुने र दलितलाई झनै उत्पीडन् दिने भएकोले लडाई त्यतैतिर तेस्र्याउन जरुरी भएको बताए ।

तराई मधेश–महिला फाउण्डेसन नेपालकी अध्यक्ष सुनिता साहले हरेक दलित जागरुक बनेको खण्डमा वर्तमान उत्पीडनरुपी समाजको रुपरेखा बदल्न सकिने बताईन् ।

समता समाज नेपालका कार्यक्रम संयोजक प्रदिप घतालले दलितको योगदानबाट सत्तामा पुगेकाहरु मालिक बन्ने र पछि उनिहरुले वेवास्ता गर्ने भएकाले आफैले अधिकारको लागि लड्नुपर्ने धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending