काठमाडौं । नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क जोड्यो ।
जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि हावी भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा सीमित भयो ।
नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिए । साथै कप्तान रोहित पौडेल र सोमपाल कामीले एकरएक विकेट लिए । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए ।
नेदरल्याण्ड्सको पारीको सुरुआत राम्रो भएन । चार रनमा पहिलो विकेट गुमाएको उसले १८ रनमा दोस्रो विकेट गुमायो । साथै ५६ रन छँदा नेदरल्याण्ड्सले तेस्रो, ६७ रनमा चौथो ९७ रनमा पाँचौँ, ९९ रनमा छैटौँ, एक सय एक रनमा सातौँ र एक सय २२ रनमा आठौँ विकेट गुमायो ।
त्यसैगरी एक सय २७ रनमा नवौँ र एक सय ३७ रनमा अन्तिम विकेट गुमायो । उसका लागि कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रनको योगदान दिए ।
एक सय ३८ रनको लक्ष्य नेपालले १५ दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ रन बनाए भने आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए । नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: