दाङ । चोरी शिकारी गर्न निस्केका एक युवकको गोली लागेर मृत्यु भएको छ । बबई गाउँपालिका – ४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका – १ स्थित बान्द्रेखोला जंगलमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार राति १ बजेतिर खत्रीको शव जंगलमा फेला परेको थियो । शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो।
तुलसीपुरका प्रहरी प्रवक्ता मल्लका अनुसार खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको छ भने छातिमा भरुवा बन्दुकको गोली लागेको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
शुक्रबार बेलुकी साढे ८ बजेतिर खत्रीको भरुवा बन्दुकको गोली लागेको भएपनि मध्यरातिमा मात्रै प्रहरीले त्यसबारे सूचना पाएको थियो । खत्रीसहित गाउँका ११र१२ जना साथीहरु मिलेर वन्य जन्तुको चोरी शिकारी गर्न भनेर जंगल गएको समयमा उनलाई गोली लागेको थियो ।
खत्रीलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किदा छातिमा गोली लागेर मृत्यु भएको हो वा उनकै साथीहरु मध्य वन्य जन्तुलाई हानेको गोली गल्तिबस लागेको हो ? भन्ने बारे यकिन भइ नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
खत्रीसंगै चोरी शिकारमा निस्किएका अन्य सबैको पहिचान भइसकेको भएपनि उनीहरु सबै फरार रहेको हुँदा उनीहरु पक्राउ परेपछि तथ्य कुरा खुल्ने जिल्ला डिएसपी जनकबहादुर मल्लले बताए ।
संगै शिकार खेल्न भनेर गएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: