Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

पढ्दै कमाउँदैः चित्रकलामा रमाउँदै विद्यार्थी

खबरडबली संवाददाता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित रहेका छन्  चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाएकी उनी हाल आफैँले चित्र कोर्नसक्ने भएकी हुन्। 

आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाउनुभएकी उहाँले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताइन् । उनले भनिन्, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।”

बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको उनको भनाइ छ । उनले भनिन्, “कस्तो राम्रो चित्र बनाएको भनेर धेरैले हौसला दिनुभयो, मलाई यसमा लाग्न अझ प्रेरित गरेको छ ।” भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोरेकी छन् । 

भविष्यमा चित्रकलालाई निरन्तरता दिने र चित्र बिक्री गरी पढाइ खर्च व्यवस्थापन गर्ने सोच बनाएको भुजेलले बताइन् । उनले भनिन्, “मैले अब चित्रकलालाई आम्दानीको स्रोत बनाउने सोच राखेको छु ।”

कक्षा ११ मा अध्ययनरत भुजेलले पहिलो महिनावारीको अवस्थालाई चित्रमार्फत चित्रण गरेकी छन् । महिनावारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोहीअनुसारको चित्र कोरेको उनले जानकारी दिइन् । उनले भनिन्, “महिनावारी भएका बेला लजाउने प्रवृत्ति छ, यो सामान्य कुरा हो लजाउन हुँदैन भन्ने सन्देश दिन चित्र बनाएको छु ।”

कक्षा ११ मा अध्ययनरत दिपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत उतारेका छने । गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत प्रवद्र्धन गर्न त्यसलाई कागजमा उतारेको उनले बताए । उनले भने, “चित्रकलालाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित चित्र बनाउन सिकेको हुँ ।” 

उनीहरु जस्तै कक्षा ११ मा अध्ययनरत २० विद्यार्थीलाई चित्रकला सिकाइ तालिम दिइएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले चित्रकला सिकाइ तालिम प्रदान गरेको हो । 

विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई सार्थकता दिन विद्यालयमा चित्रकला कक्षा सञ्चालन गरिएको चुमानको भनाइ छ । 

सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तररुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताए । उनले भने, “चित्रकला सिकाइले विद्यार्थीको कलालाई उजागर गर्नुका साथै विद्यार्थीमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्छ, चित्रकला आम्दानीको स्रोत बन्नसक्छ भनेर यसलाई अगाडि बढाएका हौँ ।”

गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको प्रशिक्षक पवन नेपालीले जानकारी दिए । उनले भने, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न सीप सञ्चालन भइरहेका छन्, सोहीबमोजिम विद्यार्थीलाई चित्रकला सिकाइएको हो ।”

विद्यार्थीको सक्रिय सहभागिता र सिकाइले उत्साहित बनाएको नेपालीको भनाइ छ । उनले भने, “विद्यार्थीले बनाएको चित्र खरिदका लागि माग आइसकेको छ, यसलाई व्यवस्थित गर्न सकिए चित्रकला आम्दानीको राम्रो माध्यम बन्नेछ ।” उनका अनुसार गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि चित्रकला प्रशिक्षण सञ्चालन गरिनेछ । विद्यार्थीले सामाजिक हिंसा, गाउँपालिकाभित्रका पर्यटकीयस्थल, समाजमा हुने घटना न्यूनीकरणजस्ता विषयलाई चित्रमार्फत वर्णन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending