Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

मधेश प्रदेशमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार भईरहेको दाबी

खबरडबली संवाददाता

रौतहट । फितलो सरकारी नीतिको कारण स्थानीय निकायमा बेथिती बढेको एक कार्यक्रमका प्रमुख अतिथी लगायत अधिकांस बक्ताहरुले बताएका छन।

रौतहटको देवाही गोनाही नगरपालिका स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक  आयोजित अन्तरक्रिया कार्यक्रमका अधिकांस वक्ताहरुले उक्त विचार राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य रामकुमार फुयाँलले सुशासनले मात्र समृद्धि सम्भव हुने बताएका छन। सुशासन नै नेपाल सरकारको पहिलो प्राथमिकतामा राखेर १६ औं आब्दिक योजनामा अगाडी बढिरहेको उनले बताए।

उनले सामाजिक न्याय सुशासन सबै क्षेत्रमा लागू भएमा समृद्धि सम्भव हुने बताएका छन। सुशासन भनेपछि सबै क्षेत्रमा लागू हुन्छ, नेता अर्थात नेतृत्वले आफै पहिले सुशासित हुनुपर्छ। उनले भने सुशासन सामाजिक , राजनीतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सञ्चार सबै क्षेत्रमा सुशासन आवश्यक छ। आफैमा आफू सुशासित भएमा देश र जनता सबै सुशासित हुन्छ, न्यायपूर्ण हरेक काम पारदर्शिता हुन्छ सदस्य फुयाँलले भने त्यस पछि समृद्धि टाढा छैन। कार्यक्रममा रौतहटका सिडियो हिरालाल रेग्मीले स्थानियतहमा अधिकार भन्दा समन्वय बढी महत्वपूर्ण रहेको बताए। जिल्लामा आएको दुईमहिना अनुभव सुनाउँदै उनले यहाँ जनप्रतिनिधि आफैबिच बाझाबाझ मात्र अधिकारको कुरा गर्ने भएकाले जनता मार्कामा परिरहेका छन्।

मेयर, उपमेयर , वडा अध्यक्ष बिच देखादेख हुँदैन, बोलचाल हुँदैन त्यस कारण महिनौ सम्म पालिका बन्द हुन्छ र सेवाग्राहीले सेवा पाउँदैनन्। यसरी हुने बेथितिलाई जिल्ला समन्वय समितिले समन्वय गरेर मिलाउने हो तर ईनको भूमिका सुन्य रहेको सिडियो रेग्मीले गुनासो गरेका थिए। जनप्रतिनिधि अधिकार भन्दा दायित्व बोध गरेमा जनताको काम छिटो छरितो हुने र भ्रष्टाचार समेत न्यून हुने उनले विचार राखेका थिए। आफ्नो काम छोडेर अरूको कामको जिम्मेवारी लिन खोज्दा पनि बेथिती बढेको उनको तर्क थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बिगतमा कागजी प्रक्रिया नपुुगेको अवस्थामा भ्रष्टाचार पुष्टि हुन्थ्यो तर अहिले समय परिवर्तन भएको छ उनले भने अहिले कागजी प्रक्रिया मिलाएर नै भ्रष्टाचार बढेको छ ।

स्थानिय निकाय देखि सरकारी कार्यालयम कागजात सच्याउने काम भइरहेको भन्दै त्यस प्रती उनले चिन्ता ब्यक्त गरे। त्यसैगरी पछिल्लो समय मधेश प्रदेशको सरकारी कार्यालयहरुमा विचौलीयाको बिगबिगी बढेको डाक्टर केसीले बताए।

भ्रष्टाचार ठहर भएमा तिनपुस्ता सम्म बदनामी हुनुपर्ने बताउँदै दोषीलाई हुने दण्ड सजाय बारेमा  विस्तृत जानकारी दिएका थिए ।  देवाही गोनाहिका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले फितलो सरकारी नीतिको कारण स्थानिय निकायमा समस्या हुनेगरेको बताए।

संघीय मामिला मन्त्रालय बाट पटकपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिन्छ, बिना कुनै मापदण्ड राजनीतिक पहुँचको भरमा हुने सरुवाले स्थानीय निकाय लथालिङ्ग बन्ने गरेको छ। जनप्रतिनिधि बीच बिवाद , कर्मचारी संग विवादले पनि बारम्बार कठिनाईको सामना गर्नु परेको छ। मधेश प्रदेश लोकसेवा आयोगले स्थानिय तहमा कर्मचारी पुर्ति नगर्नू पनि एउटा ठूलो सा। समस्या रहेको छ।

हरेक पालिकामा जनशक्तिको कमीले काम गर्न समस्या भईरहेको अधिकृत यादवले बताए। संघीयता लागू भएदेखिनै प्रदेशले पठाउने सिलिङ अनुसार समयमा बजेट नपठाउने गरेको कारण बिभिन्न समस्या हुनेगरेको छ । सिलिङ्ग अनुसारको पैसा असार महिनामा पठाउँदा गरिने कामको स्तरीयता माथि प्रश्न चिन्ह खडा हुनेगरेको अधिकृत यादवले गुनासो गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व अध्यक्ष गोबिन्द चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुले बिगतमा यस्ता कार्यक्रम सदरमुकाम , राजमार्ग आसपास केन्द्रित हुने तर पहिलो पटक ग्रामीण क्षेत्रमा  गरेकोमा आयोजकको सराहना गरेका थिए।

उक्त अवसरमा राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयाँल अख्तियार दुरूपयोग अनुसंधान हेटौडाका डा. हेम वहादुर केसी, महालेखा परिक्षक मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारी, गौर नगरपालिका को मेयर शम्भु साह, देवाही गोनाहिका मेयर प्रेमलाल साह , चन्द्रपुरका मेयर सञ्जय काफ्ले, माधव नारायणका मेयर बैजनाथ यादव, डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा,उपमेयर परानिया पटेल,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समितीका अध्यक्ष राम अयोध्या यादव, नेपाल प्रहरी उपरिक्षक, महेन्द्र कुमार श्रेष्ठ सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मी, नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द लगायत जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको जनप्रतिनिधि , जिल्लाका सरकारी कार्यालय प्रमुखहरु, पालिकाहरुका प्रशासकिय अधिकृतहरुको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending