Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बलत्कारपछि हत्या भएकी रेजिनाको हत्यारा बचाउन प्रहरीले ३२ दिनसम्म लिएन जाहेरी

खबरडबली संवाददाता

काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषि उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका हुन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।”

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्सहान नभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् । ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबि गरे । घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने “मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।”

एकीकृत दलित मुक्ति मोचा,नेपालका संयोजक दर्शन कुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताउँदै भने,“मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा  घटना आत्महत्या दुरुत्सहान नभई जबजस्तिकरणी र हत्या नै भएको भएको देखिन्छ ।”

संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने,“मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्यान गएकी मृतक रेजिनाका ३ जना साथिहरुलाई फर्किर्ने क्रममा नाइन भन्ने ठाउँमा गडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी रावतसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु,पीडितले दिएको बलत्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्सहानको जाहेरी दिन दाबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नुलगायतका अन्य अदृष्य षड्यन्त्र हुनु प्रतिबादी बचाउनु मुख्य आधार हुन ।” 

पीडितले न्याय नपाए त्यसको दोषी सिंगो एकात्मक ब्राह्मणबादी राज्य व्यवस्थ हुने र त्यसको डटेर प्रतिबाद गरिने नेता नेपालीले चेतावनी दिए । सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भईरहेको बताउँदै भने“स्थानिय सरकार,संसदिय राजनीतिक पार्टीका नेताहरु,प्रहरी प्रशासन्लगायत सरोकारवालाहरु जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भिर संकटको सामना गर्नु परेको देखिन्छ ।”

के हो घटनाः

गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखी पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए । सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किसोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि  गाडिमै फर्काएका थिए ।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ । घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो । त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीकोे भनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमार्टम रिपोर्टमासमेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासनदेखी, विभिन्न राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending