Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

बलत्कारपछि हत्या भएकी रेजिनाको हत्यारा बचाउन प्रहरीले लिएन ३२ दिनसम्म जाहेरी

खबरडबली संवाददाता

काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषि उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका हुन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।”

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्सहान नभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् । ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबि गरे । घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने “मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।”

एकीकृत दलित मुक्ति मोचा,नेपालका संयोजक दर्शन कुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताउँदै भने,“मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा  घटना आत्महत्या दुरुत्सहान नभई जबजस्तिकरणी र हत्या नै भएको भएको देखिन्छ ।”

संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने,“मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्यान गएकी मृतक रेजिनाका ३ जना साथिहरुलाई फर्किर्ने क्रममा नाइन भन्ने ठाउँमा गडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी रावतसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु,पीडितले दिएको बलत्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्सहानको जाहेरी दिन दाबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नुलगायतका अन्य अदृष्य षड्यन्त्र हुनु प्रतिबादी बचाउनु मुख्य आधार हुन ।” 

पीडितले न्याय नपाए त्यसको दोषी सिंगो एकात्मक ब्राह्मणबादी राज्य व्यवस्थ हुने र त्यसको डटेर प्रतिबाद गरिने नेता नेपालीले चेतावनी दिए । सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भईरहेको बताउँदै भने“स्थानिय सरकार,संसदिय राजनीतिक पार्टीका नेताहरु,प्रहरी प्रशासन्लगायत सरोकारवालाहरु जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भिर संकटको सामना गर्नु परेको देखिन्छ ।”

के हो घटनाः

गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखी पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए । सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किसोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि  गाडिमै फर्काएका थिए ।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ । घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो । त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीकोे भनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमार्टम रिपोर्टमासमेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासनदेखी, विभिन्न राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending