Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

इजरायलले राफाहमा आक्रमण बढाए अथाह सङकट हुने डब्ल्यूएचओको त्रास

खबरडबली संवाददाता

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह सङ्कटकोे चेतावनी दिएको छ ।

राफाहबाट भर्चुअल प्रेस ब्रीफिङमा बोल्दै, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले सहरमा जम्मा भएका १.५ मिलियन मानिसहरु सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताए । 

यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्ने, पिपरकर्नले बताए । रफाहमा केवल तीनवटा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्ल्यूएचओ प्रतिनिधिले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाई, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव  रहेको रेडक्रसले जनाएको छ । 

निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले  जनाएका छन् । 

नोभेम्बरदेखि फेब्रवरी  नौ सम्म, डब्ल्यूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् ।  जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन भने बाँकी अस्वीकार  गरि स्थगित गरिएको  पिपरकर्नले उल्लेख गरे । 

स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रयाहरु कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा नालीमा डुबेर दुई वर्षे एक नाबलककाे मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...

थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अध...

श्रीलङ्ककाको अवस्था सामान्य बन्दै

श्रीलंका । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार ज...

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

काठमाडाैँ । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, ज...

नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री ग...

एमालेको ११ औँ महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।  महाधिवेशन ...

एमालेमा ओलीको नेतृत्व रह्यो भने कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ: कर्ण थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओल...

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनी पक्राउ

रामल्ला । इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको  जनाएको छ ।  प्यालेस्टिनी समाचार एजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending