Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

मन्दिरै मन्दिरको गाउँ पिठातोला

खबरडबली संवाददाता

बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले “कान्छी गाउँ”को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।     

मष्टामाडौँ (ठूली पाँण)

मष्टामाडौँ  पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा ।

खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशीले बताए । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उनको भनाइ छ । उनका अनुुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ । यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ ।

पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । स्थानीयबासी भानुभक्त जोशीले भने, “एक पटक पिठातोलाका पुर्खाले वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर) जाने क्रममा खोला तर्ने बेलामा बग्नुभएछ ।” 

त्यस्तै बेलामा बान्नीगढीमा चल्दै गरेका देउता रोकिए । उनले भने, “वरिपरि बसेका श्रद्धालुले “के भयो परमेश्वर ?’ भनेर प्रश्न गरेछन् । त्यसपछि धामीले जवाफ दिनुभएछ, “खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ (टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए) । रोकिएका धामीको हातखुट्टाबाट पानी बगेछ र धामीले भनेछन् एकै छिनमा टँगालो पुग्छ ।” यो कथन अहिले पनि पिठातोलामा चर्चित छ । जोशीका अनुसा झाँक्रीले नभन्दै पिठातोलाका बाजे मन्दिर पुगे । मन्दिरमा एकैछिनमा झाँक्री र उनको वार्ता भयो । झाँक्रीले सोधे, “ए टँगालो आइपुगिस् ?” उहाँले जवाफ दिनुभएछ, “हजुर परमेश्वर आइपुगेँ ।” अब “आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु” भन्दै झाँक्रीले सिला “ढुङ्गा” दिनुभएछ । घर आउनुभएछ । त्यसपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको जोशीले बताए ।     
खापरमाडौँ (मोटाकाटियाँ)

मोटाकाटियाँ मन्दिरमा परापूर्वकालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा गर्दै आएका छन् । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ ।

हरेक वर्ष भदौ–असोज र फागुन–चैतमा पुजिने खापरमाडौँमा पिठातोलावासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मङ्गलबारको साइत जुराएर पूजाआजा गर्ने गरेको स्थानीय नारायण जोशी बताउँछन् । उनी भन्छन्, “यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्वदन्ती पनि रही आएको छ ।”

खापरमाडौँमा आकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनले बताए । “खापरमाडौँमा गाईभैँसी तथा अन्य सम्पत्ति बढ्दै जाउन भन्नका लागि धवन ढोल्ने (गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु) गर्छन् । जसले गर्दा पशुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।” नारायणले भने ।

लाङ्गोमाडौँ (पिठातोली)     
     
परापूर्वकालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुई पटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मङ्गलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको स्थानीयको बुझाइ छ ।     
     
बाह्राैैँ शताब्दीतिर पिठातोलाका जोशीहरू बझाङकै भातेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताको पूजाआजा गरिँदै आएको किंम्वदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला ९ढुङ्गा० पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको पिठातोलाका लिलाराम जोशीले बताए  ।     
     
“त्यो देउता ल्याएपछि दोस्रो पटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकाम नजिकैको गाउँ)का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरूलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको हा । स्थानीय लिलारामले भने ।

दुदिरमाडौँ  

मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेका न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ ले फैसला गर्ने गरेको स्थानीय बताउनुहुन्छ । उहाँहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना–बार कुर्नु पर्दैन । 

दुदिर साविकको पाटादेवल गाविस–४ पुजारी गाउँ नजिकैको सिँडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो ९पानी पर्दा पानी छेक्ने छाताजस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु० मा जुका आएको भन्दै त्यसलाई खोलामा फालेको र जुकोले दुदिरको रुपधारण गरी पिठातोला पुगेको स्व। लक्ष्मीकान्त जोशीले एउटा भिडियो वार्तामा भन्नुभएको थियो । उनीसँगको भिडियो वार्तामा भनिएको, “जुकोले “तैँले मप्रति कुव्यवहार देखाइस्, तेरै छिमेकी भएर बस्छु, भनेर देवता आएको हो ।” 

लाटामाडौँ     

लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । “यहाँ लाटो देउताबाट छोरीहरू टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ । त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्”, स्थानीय सत्यराज जोशी भन्नुभयो, “जबसम्म छोरी बहिनीहरूले लाटो देउतालाई खुसी पार्नुहुन्न, तबसम्म उहाँहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजा आराधना गरिँदै आएको छ ।” 

जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउता नपुजेको कारण देखाएको हुँदा त्यो समयदेखि नै लाटा मन्दिरको पूजा हुँदै आएको हो । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको सत्यराज बताउँछन् ।  

लाटामाडौँ मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्ने बेलाका सामग्री पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका परिकार र मासु पनि उतै खाइसक्नुपर्ने विश्वास सही आएको छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने हुँदा उतै सक्नुपर्ने उनले बताए ।

पिठातोलामा माथि उल्लेख गरिएका मन्दिर मात्रै छैनन् । साना‑ठूला गरी अरू दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शङ्खधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् ।  

मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स–साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरमा जस्ता पाताले छाएको चन्द्रप्रकाश जोशीले बताए । “मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ ।” उनले भने ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending