Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

इन्डोनेसियामा मतदान सम्पन्न, प्रारम्भिक गणनामा पूर्वजनरल सुबियान्तो अगाडि

खबरडबली संवाददाता

एजेन्सी । बुधबार मतदान समाप्त भएपछि सर्वेक्षणकर्ताहरूको प्रारम्भिक नतिजाले रक्षामन्त्री प्रबोवो सुबियान्तोले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाको राष्ट्रपति पदको दौडमा बलियो अग्रता लिनुभएको देखाएको छ । 

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उनको विजय विश्वसनीय देखाएको थियो । 

पोलस्टर पोलट्र्याकिङले प्रारम्भिक गणनामा उनलाई ५९ दशमलव ७७ प्रतिशत र साइरस नेटवर्क–सिएसआइएसले ५८ दशमलव ६२ प्रतिशत देखाएको छ । 

सुबियान्तोले आफ्ना प्रतिद्वन्द्वीहरू अनिस बास्वेदन र गान्जर प्रणवोमाथि राष्ट्रपति पद सुरक्षित गर्नका लागि मुलुकको ३८ प्रान्तमा खसालिएको भोटको आधाभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा माथि भोट ल्याउनुपर्ने आवश्यकता छ । सुबियान्ताले बोगोर सहरमा मतदानभन्दा अघिल्लो दिन पत्रकारहरूसँग भने, “जित्ने आशा छ ।”

एक पुस्ताअघि सुहार्तो तानाशाहीको समयमा सैन्य प्रमुख रहनुभएका ७२ वर्षीय सुबियान्तोले बुधबार साँझ समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो । उनले लोकप्रिय निवर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिन प्रतिस्पर्धा गरिरहेका छन् । 

विडोडोले अप्रत्यक्षरूपमा सुबियान्तोको अभियानलाई समर्थन गरेकाे पर्यवेक्षकहरूले दावी गरेका छन् । पपुआको अशान्त क्षेत्रमा आठ लाख मतदान केन्द्रमा मतदान सुरु भयो र मुलुकको अर्को भागमा जङ्गलले ढाकिएको सुमात्रामा समाप्त भयो । जाकर्ताका केही स्टेसनहरू आँधीका कारण डुबानमा परेपछि मतदान खुला भयो । 

स्थिर आर्थिक विकासको अध्यक्षता गरेका तर संवैधानिक दुई कार्यकालको सीमामा पुगेका विडोडोका नीतिहरूलाई निरन्तरता दिने प्रतिज्ञाका साथ लोकप्रिय बयानबाजीको मिश्रित अभियानपछि ७२ वर्षीय वृद्ध सुबियान्तो स्पष्टरूपमा मनपर्ने थिए । 

सन् १९९८ मा सुहार्तोको तानाशाहीको समाप्तिपछि यो पाँचौँ राष्ट्रपति निर्वाचन हो र निर्वाचनमा करिब २० करोड ५० लाख मतदान गर्न योग्य थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: