Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

खबरडबली संवाददाता

एजेन्सी । शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् ।

भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ ।

आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण शुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युत्विहीन बनेका छन् ।  बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ ।

प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुन:विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।” हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ । 

राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ । 

भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भने, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत सेवा अवरोध घटनामध्ये एक हो ।

भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए । नुगेन्टले पत्रकार सम्मेलनमा भने, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ । ती घरहरूमा सयौँ बासिन्दाहरू बसोबास गर्दै आएका थिए । 

मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् ।

भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: