काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभउको बताएका छन् । पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्मको उपलब्धिको रक्षाको लागि र गणतन्त्रको विरुद्ध दुस्साहसपूर्ण गतिविधिका विश्रद्ध सबै एकजुट भएर लाग्न आह्वान गरेका छन् । उनले भने, ‘माओवादी एउटा शक्तिमा थियो, त्यति बेला सात राजनीतिक दलहरूलाई सामान्तिक निरंकुश राजाहरूको चङ्गुलबाट फुत्याउने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटी लिएर आउन तागत माओवादीसँग मात्रै थियो। अहिले हामीले पनि कहाँ कहाँ कमजोरी गर्यौँ अहिले माओवादी नेतृत्वको आन्दोलन र एजेन्डालाई, माओवादीले गरेको त्याग बलिदान र ऐतिहासिक र दुरगामी कृतिहरूलाई अपमानित तीनै शक्तिहरूले गरिरहेका छन्। प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरुले नै गरेका छन्।’
उनले अहिलेको व्यवस्थालाई अपमानित गर्न खोज्नेका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले थपे, ‘यो महान् उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई छैन। हामीले नयाँ संकल्प लिनु छ। त्यो दुस्साहस गर्नेका विरुद्ध हामीले प्रतिवाद गर्नुपर्छ। जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट छैन। जनयुद्धमा सहभागी सम्पूर्ण नेता कार्यकर्तालाई एउटै मोर्चामा सहभागी हुन अपिल गर्छु। अब ढिलो नगरौँ जति ढिलो गर्यौं भने त्यति धेरै क्षति हुन्छ। खुला मनले आत्मालोचना गरौँ बसौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: