काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले सञ्चालन हुन्छ भन्ने विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन्।
उनले प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ तथा नियम ५६ को व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने प्रावधान रहेको बताए।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने व्यवस्था रहेको उनले उल्लेख गरे।
दुलालले ‘सभामुखले गर्नेछ’ भन्ने शब्दावली बाध्यकारी प्रकृतिको रहेको भन्दै निर्धारित दिन कुनै कारणले कार्यक्रम सञ्चालन हुन नसके त्यसपछिको पहिलो बैठकमा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमै रहेको बताए।
नियम ५६ को उपनियम (१) मा ‘उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ’ भन्ने व्यवस्था भए पनि जेठ महिनामा उक्त प्रावधान कार्यान्वयन नभएको उनले उल्लेख गरे।
‘यो कार्यक्रम कहिले हुन्छ ? नियमावलीको प्रावधान संशोधन गरिने हो कि कार्यान्वयन गरिने हो ?’ भन्दै दुलालले संसद्मार्फत प्रश्न उठाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:०९
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...
आषाढ़ १४ गते, २०८३ - १३:५४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...
आषाढ़ १४ गते, २०८३ - १३:२५
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...
आषाढ़ १४ गते, २०८३ - १३:१३
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...
आषाढ़ १४ गते, २०८३ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...
आषाढ़ १४ गते, २०८३ - १२:५६
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...



प्रतिकृया लेख्नुहोस्: