Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

विभागको निर्देशनलाई चुनौती दिँदै गोदावरीमा अवैध ढुंगाखानी सञ्चालन

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरस्थित बाबिया गाउँमा खानी तथा भूगर्भ विभागको निर्देशनलाई चुनौती दिँदै अवैध ढुंगाखानी सञ्चालन हुँदै आएको  छ ।  मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिद्वारा सञ्चालित ढुंगाखानीले अनुमति भन्दा बाहिर गएर सार्वजनिक जग्गा समेतमा उत्खनन गरेको पाइएको हो ।

यस्तै क्रसर सञ्चालन गरेको र विभागीय सर्त तथा सहमति समेत पालना नगरेको भेटिएको छ । विभागले उक्त खानी तत्काल बन्द गर्नु पर्ने र हाल सम्म भएको सार्वजनिक जग्गा दोहनको क्षतिपूर्ति तिर्नुपर्ने भन्दै गोदावरी नगरपालिकालाई गत कात्तिक १७ गते पत्र पठाएको थियो । पत्रको जवाफ नआएपछि विभागले पुनः मङ्सिर २६ मा अर्को पत्र पठाएको थियो । त्यसपछि नगरपालिकाले पत्रको जवाफ दिँदै खानीमा भइरहेको अवैध कार्यका सम्बन्धमा उपमेयरको संयोजकत्वमा अनुगमन समिति बनाएर फिल्डको अनुगमन गर्ने र उक्त प्रतिवेदनका आधारमा निर्णयमा पुग्ने बताएको छ । 

२०७१ मा मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक हुन् केदार नाथ तिमल्सिना । कटुवाल दहबाट मछिन्द्र सामुदायिक बन र गिद्धेभिर सामुदायिक बनबाट बगुवा जोड्ने मोटर बाटो निर्माण गर्ने नाममा अवैध ढुङ्गा उत्खनन सँगै त्यहाँ क्रसर समेत सञ्चालन भइरहेको छ । त्यहाँ कित्ता नम्बर ११ को ६४ रोपनी वन, बुट्यान सरकारी भनी स्रेस्तामा उल्लेखित जग्गाको ढुङ्गा उत्खनन गरिएको विभागले जनाएको छ । स्थानीयहरूले पटक पटक वडाको प्रतिनिधिसहित खानी सञ्चालकसँग छलफल चलाएका थिए । खानी सञ्चालकलाई नियमपूर्वक र स्थानीयलाई असर नपर्ने गरी चल्न चलाउन सुझाव दिए कुनै पनि कुराको सुनुवाइ नभएको स्थानीयको  गुनासो छ । 

खानीले गरेको सार्वजनिक दोहनका कारण वस्तीनै खतरामा परेपछि गत भदौ ५ मा गोदावरी नगरपालिका, डिभिजन बन कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला समन्वय समिति ललितपुर, जिल्ला प्रहरी, खानी तथा भूगर्भ विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा लिखित निवेदन दिएका थिए । निवेदनमा उत्खनन भैसकेका सार्वजनिक जग्गा, उत्खनन हुँदै गरेका सार्वजनिक जग्गा र खानी तथा भूगर्भ विभागबाट उत्खनन स्वीकृत नभएका व्यक्तिगत जग्गामा भइरहेका सम्पूर्ण जग्गाको नापी कार्यालय तथा मालपोत कार्यालयबाट प्रमाणित स्रेस्ता, नक्सा लगायतका प्रमाणहरू फोटो तथा भिडियोहरू पेस गरिएको थियो ।

उक्त खानी जवर्जस्ती रूपमा सञ्चालन हुनुमा नगरपालिकाको भूमिका शङ्कास्पद रहेको स्थानीयवासी बताउँछन् । उक्त अवैध ढुङ्गाखानी सञ्चालित क्षेत्रमा ६४० रोपनी ६ आना सार्वजनिक जग्गा रहेको प्रमाणित तथ्याङ्क स्थानीयले विभागमा बुझाएका छन् । खानी माथि रहेको अन्दाजी ११० रोपनी जग्गामा असर पुग्न सक्ने भन्दै खानी तथा भूगर्भ विभागले तोकेको मापदण्ड स्टेप कटिङ्गको पनि कुनै कार्यान्वयन नभएको गुनासो स्थानीयको छ । मछिन्द्रनाथले नयाँ कसर उद्योग सञ्चालन गरिरहेको छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले विभागको पत्र आएपछि सम्बन्धित वडालाई खानीको काम तत्काल रोक्न परिपत्र गरिएको बताए । सिलवालका अनुसार सम्बन्धित वडाले पनि प्रतिवेदन बुझाएको छ ।

विभागका प्रवक्ता नारायण बाँस्कोटाले नगरपालिकालाई पटक पटक पत्राचार गरी अवैध रूपमा सञ्चालित खानी र क्रसरबारे जानकारी गराएको बताए । 

मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक केदार नाथ तिमल्सिनालाई यसबारे प्रतिक्रियाका सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending