Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विभागको निर्देशनलाई चुनौती दिँदै गोदावरीमा अवैध ढुंगाखानी सञ्चालन

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरस्थित बाबिया गाउँमा खानी तथा भूगर्भ विभागको निर्देशनलाई चुनौती दिँदै अवैध ढुंगाखानी सञ्चालन हुँदै आएको  छ ।  मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिद्वारा सञ्चालित ढुंगाखानीले अनुमति भन्दा बाहिर गएर सार्वजनिक जग्गा समेतमा उत्खनन गरेको पाइएको हो ।

यस्तै क्रसर सञ्चालन गरेको र विभागीय सर्त तथा सहमति समेत पालना नगरेको भेटिएको छ । विभागले उक्त खानी तत्काल बन्द गर्नु पर्ने र हाल सम्म भएको सार्वजनिक जग्गा दोहनको क्षतिपूर्ति तिर्नुपर्ने भन्दै गोदावरी नगरपालिकालाई गत कात्तिक १७ गते पत्र पठाएको थियो । पत्रको जवाफ नआएपछि विभागले पुनः मङ्सिर २६ मा अर्को पत्र पठाएको थियो । त्यसपछि नगरपालिकाले पत्रको जवाफ दिँदै खानीमा भइरहेको अवैध कार्यका सम्बन्धमा उपमेयरको संयोजकत्वमा अनुगमन समिति बनाएर फिल्डको अनुगमन गर्ने र उक्त प्रतिवेदनका आधारमा निर्णयमा पुग्ने बताएको छ । 

२०७१ मा मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक हुन् केदार नाथ तिमल्सिना । कटुवाल दहबाट मछिन्द्र सामुदायिक बन र गिद्धेभिर सामुदायिक बनबाट बगुवा जोड्ने मोटर बाटो निर्माण गर्ने नाममा अवैध ढुङ्गा उत्खनन सँगै त्यहाँ क्रसर समेत सञ्चालन भइरहेको छ । त्यहाँ कित्ता नम्बर ११ को ६४ रोपनी वन, बुट्यान सरकारी भनी स्रेस्तामा उल्लेखित जग्गाको ढुङ्गा उत्खनन गरिएको विभागले जनाएको छ । स्थानीयहरूले पटक पटक वडाको प्रतिनिधिसहित खानी सञ्चालकसँग छलफल चलाएका थिए । खानी सञ्चालकलाई नियमपूर्वक र स्थानीयलाई असर नपर्ने गरी चल्न चलाउन सुझाव दिए कुनै पनि कुराको सुनुवाइ नभएको स्थानीयको  गुनासो छ । 

खानीले गरेको सार्वजनिक दोहनका कारण वस्तीनै खतरामा परेपछि गत भदौ ५ मा गोदावरी नगरपालिका, डिभिजन बन कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला समन्वय समिति ललितपुर, जिल्ला प्रहरी, खानी तथा भूगर्भ विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा लिखित निवेदन दिएका थिए । निवेदनमा उत्खनन भैसकेका सार्वजनिक जग्गा, उत्खनन हुँदै गरेका सार्वजनिक जग्गा र खानी तथा भूगर्भ विभागबाट उत्खनन स्वीकृत नभएका व्यक्तिगत जग्गामा भइरहेका सम्पूर्ण जग्गाको नापी कार्यालय तथा मालपोत कार्यालयबाट प्रमाणित स्रेस्ता, नक्सा लगायतका प्रमाणहरू फोटो तथा भिडियोहरू पेस गरिएको थियो ।

उक्त खानी जवर्जस्ती रूपमा सञ्चालन हुनुमा नगरपालिकाको भूमिका शङ्कास्पद रहेको स्थानीयवासी बताउँछन् । उक्त अवैध ढुङ्गाखानी सञ्चालित क्षेत्रमा ६४० रोपनी ६ आना सार्वजनिक जग्गा रहेको प्रमाणित तथ्याङ्क स्थानीयले विभागमा बुझाएका छन् । खानी माथि रहेको अन्दाजी ११० रोपनी जग्गामा असर पुग्न सक्ने भन्दै खानी तथा भूगर्भ विभागले तोकेको मापदण्ड स्टेप कटिङ्गको पनि कुनै कार्यान्वयन नभएको गुनासो स्थानीयको छ । मछिन्द्रनाथले नयाँ कसर उद्योग सञ्चालन गरिरहेको छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले विभागको पत्र आएपछि सम्बन्धित वडालाई खानीको काम तत्काल रोक्न परिपत्र गरिएको बताए । सिलवालका अनुसार सम्बन्धित वडाले पनि प्रतिवेदन बुझाएको छ ।

विभागका प्रवक्ता नारायण बाँस्कोटाले नगरपालिकालाई पटक पटक पत्राचार गरी अवैध रूपमा सञ्चालित खानी र क्रसरबारे जानकारी गराएको बताए । 

मछिन्द्रनाथ मल्टिप्रपोज प्रालिका सञ्चालक केदार नाथ तिमल्सिनालाई यसबारे प्रतिक्रियाका सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending