एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्वबैंकले गाजा युद्ध र लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित आक्रमणले वैश्विक अर्थतन्त्रलाई खतरामा पारेको सोमबार चेतावनी दिएका छन् ।
आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अक्टोबरदेखि जारी इजराइल–हमास युद्धले पहिला नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारेको बताए । उनले दुबईमा व्यापार र राजनीतिक नेताहरूको वार्षिक सभा वर्ल्ड गभर्नमेन्ट्स समिटमा युद्ध लामो समयसम्म जारी रहे यसको असर विश्वमा पर्नसक्ने बताए ।
“मलाई द्वन्द्व लामो समयसम्म चल्छ भन्ने डर छ किनकी यदि युद्ध जारी रह्यो भने यो फैलिने खतरा बढ्नेछ”, उनले भने, “अहिले हामीले स्वेज नहरमा खतरा देखिरहेका छौँ किनकी यमनका इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण सामुद्रिक मार्गतर्फ जाने लाल सागरका जहाजमा आक्रमण गरेका छन् ।”
हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेको बताएका छन् । यसबाट केही मालवाहक जहाज आक्रमणबाट बच्नका लागि लामो र धेरै महँगो मार्गहरू प्रयोग गर्न बाध्य भइरहेका छन् ।
गत महिनाको अन्त्यमा व्यापार तथा विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले स्वेज नहर हुँदै व्यापारिक यातायातको मात्रा पछिल्ला दुई महिनामा ४० प्रतिशतभन्दा धेरैले घटेको चेतावनी दिएको थियो । जर्जिएभाले युद्धका सन्दर्भमा अन्य परिणाम छन् भने यो सम्पूर्ण विश्वका लागि थप समस्याग्रस्त हुन सक्छ भने । एक व्यक्तिगत टिप्पणीमा उनले भने, “एक महिलाका रूपमा एक आमा, हजुरआमाका रूपमा म शान्तिका लागि प्रार्थना गर्दछु ।”
अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको आक्रमणको प्रतिशोधमा गाजा पट्टीले चार महिनाभन्दा लामो अवधिदेखि तीव्र इजराइली आक्रमणको सामना गर्नुपरिरहेको छ । युद्धसम्बन्धी अनिश्चितताहरूका बावजुद जर्जिएभाले भने, “विश्व अर्थतन्त्र अब हामीले सपना देखेको नरम अवतरणका लागि तयार भएकामा आइएमएफ विश्वस्त छ ।”
प्रमुख अर्थतन्त्रहरूमा ब्याजदरहरूमा कटौतीका बारेमा सोधिएको प्रश्नमा उनले भने, “मध्य वर्षासम्म ब्याजदरहरू गत वर्षको मुद्रास्फीतिको दिशामा जाने अपेक्षा गरेको छु ।”
“गाजामा जे भइरहेको छ, तर युक्रेनको चुनौती र लाल सागर पनि वैश्विक आर्थिक दृष्टिकोणका लागि शीर्ष चुनौतीमध्ये एक हुन्”, शिखर सम्मेलनमा विश्वबैंकका अध्यक्ष अजय बङ्गाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: