एजेन्सी । संयुक्त राष्ट्रसङ्घको सोमबारको एक प्रतिवेदनअनुसार विश्वका करिब आधा आप्रवासी प्रजातिहरू घट्दै गएका छन् ।
धेरै सङ्गबर्ड, समुद्री कछुवा, ह्वेल, शार्क र अन्य प्रवासी जीवजन्तु परिवर्तित मौसमसँगै विभिन्न वातावरणमा सर्छन् र बासस्थानको हानि, अवैध शिकार र माछा मार्ने, प्रद्रषण तथा जलवायु परिवर्तनले जोखिममा पर्छन् ।
संसारभरमा करिब ४४ प्रतिशत आप्रवासी प्रजातिहरूको सङ्ख्या घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसङ्घद्वारा अनुगमन गरिएको करिब एक हजार दुईसय प्रजातिमा २० प्रतिशत लोप हुने खतरामा छन् ।
“यी यस्ता प्रजाति हुन् जो संसारभर घुम्छन्, उनीहरू भोजन र प्रजननका लागि अगाडि बढ्छन् र उनीहरूलाई मार्गमा रोकिन स्थानहरूको पनि आवश्यकता हुन्छ”, उज्बेकिस्तानको समरकन्दमा संयुक्त राष्ट्रसङ्घ वन्यजन्तु सम्मेलनमा जारी प्रतिवेदनका प्रमुख लेखक केली माल्सले भने ।
तिनीहरूको यात्राको कुनै पनि विन्दुमा बासस्थानको हानि वा अन्य खतराका कारण सङ्ख्यामा कमी आउन सक्छ । “केही प्रजातिका लागि बसाइँसराइ आवश्यक छ, यदि तपाइँले आप्रवासनमा कटौती गर्नुभयो भने तपाइँले प्रजातिलाई मार्न गइरहनुभएको छ”, ड्युक विश्वविद्यालयका इकोलोजिस्ट स्टुअर्ट पिमले भने ।
कुनै प्रजाति लोपोन्मुख छ वा छैन भनेर ट्र्याक गर्ने इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरको रेड लिस्टको जानकारीसहित अवस्थित डाटामा प्रतिवेदन निर्भर छ । राष्ट्रसङ्घीय बैठकका सहभागीहरूले संरक्षण उपायहरूका लागि मूल्याङ्कन गर्ने र धेरै नयाँ प्रजातिको चासोलाई औपचारिकरूपमा सूचीबद्ध गर्ने योजना बनाएका छन् ।
गैर–नाफामूलक वन्यजन्तु संरक्षण सोसाइटीका अन्तर्राष्ट्रिय नीतिका उपाध्यक्ष सुसन लिबरम्यानले भने, “एउटा देशले मात्र यीमध्ये कुनै पनि प्रजातिलाई बचाउन सक्तैन ।” उनले दक्षिण अमेरिकाका आठ सरकारले संयुक्तरूपमा संयुक्त राष्ट्रसङ्घको सन्धिको चिन्ताबीच आप्रवासी प्रजातिहरूको सूचीमा घट्दो अमेजन क्याटफिसका दुई प्रजातिलाई थप्ने प्रस्ताव राख्ने अपेक्षा गरिएको बताए ।
अमेजन नदी बेसिन संसारको सबैभन्दा ताजा पानी प्रणाली हो । “यदि अमेजन अक्षुण्ण छ भने क्याटफिस फस्टाउनेछ, यो बासस्थान सुरक्षाका बारेमा हो”, लिबरम्यानले भने ।
सन् २०२२ मा सरकारहरूले क्यानाडाको मन्ट्रियलमा संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता सम्मेलनमा संरक्षणका लागि पृथ्वीको ३० प्रतिशत भूमि र जलस्रोतको रक्षा गर्ने वाचा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: