Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उदयपुरका तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा

खबरडबली संवाददाता

उदयपुर । नेकपा (माओवादी केन्द्र) को नेतृत्व रहेका उदयपुरको तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा दिइएको छ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादीकाे नेतृत्व रहेका उदयपुरका ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । 

गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि तीन गाउँपालिकाले सूचना जारी गर्दै विदा दिएका छन् । 

ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले जारी गरेको सूचनामा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधानको पुर्नलेखन गर्ने कार्यमा महत्पूर्ण योगदान गर्न सफल भएको दश वर्षे जनयुद्धको सुरुवात भएको दिन फागुन–१ गतेलाई मन्त्री परिषद्को निर्णय बमोजिम जनयुद्ध दिवस मनाउने गरी विदा दिइएको छ ।’

यसैगरी रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले जारी गरेको सूचनामा उल्लेख गरिएका अनुसार ‘जनयुद्ध’ दिवसको दिन  फागुन १ गते पालिकाभरी सार्वजनिक विदा दिइएको छ । पत्रमा भनिएको छ, ‘२०८० फागुन १ का दिन जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात महान सहिदहरुप्रति सम्मान स्वरुप यस गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी निकाय, विद्यालय तथा सार्वजनिक संघसँस्थाहरुलाई सार्वजनिक विदाई दिइने भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’  

यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत योगेन्द्रराज गुरुङले एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएका छन् । गुरुङले जारी गरेको पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाका श्रद्धेय अध्यक्ष ज्यूको मिति २०८०/१०/२५ गतेको अध्यक्षस्तरीय निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा लिम्चुङबुङ गाउँपालिकाभरि विदा दिने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ताप्ली गाउँपालिकामा ढुंगराज विक, रौतामाईमा वीरेन्द्रकुमार मगर र लिम्चुङबुङ गाउँपालिकामा मेजरकुमार राईले माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा जितेका छन् । तिनै जितेका गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ । 

माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवसले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिनु जनयुद्धप्रति सम्मान भएको बताए । उनले भने, ‘इतिहासमा जनयुद्ध दिवस भनेको अहिलेको परिर्वतनको जग हो । हामीले भुलेर इतिहास भुल्न सक्दैनौं । जनयुद्ध दिवसको दिन पालिकाहरुले दिएको सार्वजानिक विदा पनि  सर्वोच्चको निर्णयप्रतिको विद्रोह हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending