Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

सर्वदलीय बैठकको निष्कर्ष : सद्भाव र संयमका लागि संयुक्त विज्ञप्ति जारी गरिने

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न स्थानमा देखिएको तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न सबै राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै दलबीच साझा धारणा बनेको जानकारी दिए। उनका अनुसार संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूले संयमता अपनाउन र नागरिकलाई पनि शान्त रहन आह्वान गर्ने उद्देश्यले संयुक्त विज्ञप्ति सार्वजनिक गरिनेछ।

बैठकमा सहभागी नेताहरूले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना गरेको भन्दै सरकारलाई जिम्मेवार र सक्रिय रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए। आङ्देम्बेले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत आवश्यक परामर्श गरी निकास खोज्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको टिप्पणी गरे।

यस्तै, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बैठकमा सुनसरीलगायतका क्षेत्रमा विकसित तनावपूर्ण अवस्थालाई कसरी सामान्य बनाउने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए।

उनले शान्ति–सुरक्षा कायम गर्ने क्रममा भीड नियन्त्रणमा सरकार किन प्रभावकारी हुन नसकेको भन्ने विषयमा पनि विभिन्न दलका नेताहरूले गम्भीर चासो व्यक्त गरेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

नारायणी अस्पताल तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...

कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...

धनुषाको दुर्गम क्षेत्र मैनाबत्तीमा पहिलो पटक पुगे सांसद

ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...

कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...

प्रधानमन्त्री र गृहमन्त्री दुवैले आफ्नो जिम्मेवारीअनुसार काम गरिराख्नुभएको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...

सुनसरी घटनामा सर्वदलीय बैठकको साझा अपिल, प्रधानमन्त्रीले बैठक नबोलाएकोमा लिङ्देनको असन्तुष्टि

काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending