रौतहट । स्थानिय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन् । मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
'देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएको छ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदाँ वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।
यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी बिजय यादवले भने ।
'नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् । नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस । सेप्टी टयानकी सरसफाई निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस, नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस,सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,' ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीती रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: