Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालिका-५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

उनका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए ।
बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए । 

कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।  गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...

अर्घाखाँचीमा आगोमा परी चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ ।  भूमिकास्थान नगरपालिका-५ असुरकोट...

जिफन्टको ‘रिपोर्ट’: २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

काठमाडाैं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार...

बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन् । जि...

हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन हुन्छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।  प्रतिव...

बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

काठमाडौं  । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।  काठमाडौं उपत्यका प्रहरी ...

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गर...

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा । हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७...

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।  आयोगका प्रवक्ता...

लगानी सम्मेलन: उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।  उद्यो...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies