एजेन्सी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।
रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।
रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ ।
अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति÷पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने यूएससीआईएस रिपोर्टले जनाएको छ ।
गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आईएनए धारा ३१६ (क) अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए ।
गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात बर्ष एलपीआरका रूपमा बिताएका थिए । यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको सङ्ख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग आगटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: