Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रौतहट एमाले अधिवेशनमा महासचिव पोखरेलको चलखेल, उपसचिव भण्डारीले सम्हालिन कमाण्ड

खबरडबली संवाददाता

रौतहट । नेकपा एमालेको १० औं रौतहट जिल्ला अधिवेशन जारी रहेको छ । गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट बिभाजन गरेको देखिएको छ । 

विशेष गरि महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बताउँछन् । 
९ औं जिल्ला अधिवेशनमा टिम प्रभु साहको तर्फबाट देखिएकी भण्डारी अत्यन्तै छोटो समयमा भातृ संगठनबाट एकैचोटी केन्द्रिय राजनितीमा प्रभाव पार्ने युवा नेतृ हुन् ।

उनैको नेतृत्वमा मधेस प्रदेशमा हाल रौतहट एमालेमा महासचिव पोखरेलले गुट सञ्चालन गरिरहेको नाम नबताउने सर्तमा मधेस प्रदेश कमिटीका एक सदस्य बताउछन् । 
यतिबेला रौतहट एमालेमा गुटको एकातिर महासचिव पोखरेलको तर्फबाट पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह, सुमन प्याकुरेल समेत आरती भण्डारीको ईशारा र निर्देशनमा चलिरहेको उनले बताएका छन् । 

आइतवार साँझ जिल्ला अध्यक्षका उमेदवार सचिदानन्द साहलाई उक्त गुटले घेराबन्दी गरि अध्यक्ष वलिको फोन लाउड स्पिकरमा राखि अर्का प्रतिस्पर्धी अखिलेश चौधरीलाई सर्वसम्मत छोडिदिन समेत दबाब सिर्जना गरेको एक प्रतिनिधी बताउँछन् । 

यद्यपि चुनावी प्रतिस्पर्धा जारिरहेको र हाल मतदान प्रकियाबाटै नेतृत्वको चयन हुन लागिरहेको छ ।
विशेषगरि संस्थापन पक्षका केन्द्रिय सदस्य उद्वव रेग्मीसँगको व्यक्तिगत लडाइको प्रतिफलको रुपमा स्पष्ट गुटको सञ्चालन देखिएको हो । 

द्वन्द्वकालमा रौतहट एमालेको जगलाई बलियो बनाइराख्न योगदान दिएका अध्यक्षका प्रतिस्पर्धी सचिदानन्द साहको नाममा सर्वसम्मत भैसकेको निर्णयलाई महासचिवको आडमा चुनावी प्रतिस्पर्धामा लगेर उप-सचिव भण्डारीले गुटको नेतृत्त्व गरि पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह र सुमन प्याकुरेलसमेत माथि आफ्नो प्रभुत्व जमाएर उनीहरु मार्फत अध्यक्ष ओलिलाई प्रयोग गरि रौतहट एमालेको भविष्य माथि खेलवाड गरिरहेको अर्का मधेस प्रदेश कमिटीका पदाधिकारीले बताएकाछन् । 

पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुबिर महासेठलाई कमजोर बनाउन महासचिव पोखरेलको बढ्दो सक्रियताको मुख्य नेतृत्व र कमाण्ड सम्हालेकि उप-सचिव भण्डारीले रौतहट एमालेमा बिभाजनको चिरा पारिदिएको अर्का पुर्व रौतहट जिल्ला अध्यक्षको समेत दाबी रहेको छ ।

उनि भन्छन् रौतहट जिल्ला एमालेलाई प्रभु साहको पछाडी लागेर उप-सचिव भण्डारीले यसअघि क्षतबिक्षत पारेको र हाल आएर एकजुट भएको रौतहट एमालेलाई आफ्नो व्यक्तिगत ईख पुरा गर्न पुन: महासचिवलाई प्रयोग गरि टुक्रा पार्ने प्रयास भईरहेको छ । यसले रौतहट एमालेमा कहिले पनि एकताको सन्देश नदिने समेत उनको दाबी रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending