काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा आइतबार देखि सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो ।
हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।
केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चार महिने अभियानको समीक्षानै रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । साथै, पार्टीका जनवर्गीय संगठन र मोर्चाहरु सक्रिय नभएको माओवादीले निश्कर्ष निकालेको छ । बैठकले जबस र मोर्चाहरुको सम्मेलन गरी सबै जबस र मोर्चाहरुलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । साथै, प्रवाशी नेपालीहरुलाई प्रशिक्षित र संगठित गर्ने निर्णयसमेत भएको बताइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशन गर्नुगर्ने आवश्यकता औंल्याएको प्रवक्ता सापकोटाले बताए । विशेष महाधिवेशनका लागि वैचारिक संश्लेषण, राजनीतिक कार्यदिशा बनाउन बहसको प्रक्रिया आरम्भ गनुपर्ने प्रचण्डको भनाइ छ । बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेपछि सम्पन्न भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...



प्रतिकृया लेख्नुहोस्: