Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

छड्के अनुगमनमा जाँदा मन्त्रीलाई गरे प्रहरीले दुर्व्यवहार

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई छड्के अनुगमनमा जाँदा प्रहरीले दुर्व्यवहार गरेका छन् ।  आइतबार सेवाग्राही बनेर यातायात कार्यालय इटहरीको सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर पुग्दा उनलाई ड्युटीमा खटिएका प्रहरीले धकेलेका हुन् । 

क्याप, मास्क र कालो चश्मा लगाएर पुगेका मन्त्री राईसँग यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं पनि कड्किएका थिए । सेवाग्राही बनेर पुगेका मन्त्री राईलाई यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंलाई ठूलो स्वरमा ‘तपाईं को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किएका थिए ।

कार्यालय प्रमुख कड्किएपछि मन्त्री केही पर सरेर चुप लागेर बसे । त्यसपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न निर्देशन दिए । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजे । प्रहरीले धकेलेपछि उनले मास्क खोले, त्यसपछि उनलाई सुरक्षाकर्मीले र कर्मचारीहरुले पनि कर्मचारीले उनलाई कुर्सी दिएर बस्न आग्रह गरे ।

सेवाग्राही बनेर गएका मन्त्री निजी गाडीमा पुगेका थिए । सचिवालयका कर्मचारी र निजी सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए । सेवाग्राही भएर जाँदा आफुलाई प्रहरीले ठेलठाल गरे भने सोझा साझा सेवाग्राहीले सजिलै सेवा पाउन सक्ने कुरै नभएको मन्त्री राईले बताए । अनुगमनपछि अब नागरिकलाई सहज रुपमा सेवा दिने व्यवस्थापन गर्ने उनले बताए ।

ट्रायलमा फेल र पासको निर्णय तत्कालै दिनुपर्ने प्रावधान रहेपनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको उनले बताए । ‘ट्राफिकले फेल पास भन्दो रहेछ, तर कर्मचारीले भर्ने फाराममा भने खाली नै राखिँदो रहेछ’, उनले भने, ‘यसले पनि आर्थिक चलखेल हुन्छ शंका देखियो ।’

यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक लगाइएको बताए । भीड हुने भएका कारण त्यतिबेलै फेल वा पास नलेखेको उनको भनाइ छ । इटहरीको यातायात कार्यालय महिनामा पाँच पटक सवारी साधन अनुमति प्रणालीको ट्रायल परीक्षा लिने गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुम्ती–रानीटारी सडक खण्डको नौ किमी स्तरोन्नति गरिँदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीट...

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

बैतडी ।  हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभू...

कांग्रेसकै पक्षमा एकीकृत समाजवादी, रविमाथि समिति बनाएर छानबिन गर्नुपर्ने माग

काठमाडौं । सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादीले पनि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि ‘सरकारी ठगी’ प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने...

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्‍यो, राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठ...

एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव,प्रस्तावमा के छ ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको आठौँ बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेख...

सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित प्रहरीले चार।जना नियन्त्रणमा लिएको ह...

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा

भक्तपुर । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीको कारबाहीमा प...

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

काठमाडौं  । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्म...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

पर्सा ।  सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  साथै उ...

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा  दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies