झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ ।
बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपीआरअनुसार पहिलो चरणमा बसपार्कको काउन्टरको भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरे ।
जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षाैंदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डिपीआर बनेको थियो । विसं २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण सुरु गरिएको अध्यक्ष राजवंशीले बताए ।
टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताए । गौरीगञ्जबाट दैनिकरुपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताए ।
स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्जसमेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: