Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

धनुषाको दुर्गम क्षेत्र मैनाबत्तीमा पहिलो पटक पुगे सांसद

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तव्रिर्mया गर्न उनी सोमबार पुगेको हो । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उनले आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सो क्षेत्रको अवस्थालाई नजिकबाट बुझ्न पैदलयात्रा गर्दै विभिन्न बस्तीको अवलोकन गरे। 

गणेशमान चारनाथ नगरपालिका–५, अन्तर्गत मैनाबत्ती, चिसापानी, दमार, गुन्डाई, सडहा र घोरम हुँदै सिन्धुलीको धनसरीसम्म फैलिएको यो क्षेत्र धनुषाकै सबैभन्दा दुर्गम बस्ती मानिन्छ । यहाँका बासिन्दा बर्सौंदेखि सडक, पुल, स्वास्थ्यसेवा तथा यातायातको अभाव झेल्दै आएको छन् । विशेष गरी बर्खायाममा सडक हिलाम्मे हुने र खोलानालामा पानी बढ्ने भएकाले बिरामीलाई अस्पतालसम्म लैजानसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ । 

स्थानीयवासी पहिलो पटक प्रतिनिधि सभा सदस्यलाई प्रत्यक्ष भेट्न पाउँदा उत्साहित देखिएको थिए । उहाँहरूले महतोलाई गाउँमा स्वागत गर्दै विगतमा मतदान गरेर जिताएका प्रतिनिधि गाउँसम्म नआएको बताउनुभयो । स्थानीय शिव मानन्धरले निर्वाचनका बेला दलका उम्मेदवार भोट माग्न आउन गरेको भए पनि निर्वाचित भएपछि गाउँमा फर्केर कुनै सांसद नआएको सुनाए । 

अर्का स्थानीय सन्तोष पहाडीले प्रतिनिधि सभा सदस्यसँग सडक स्तरोन्नति, पक्की पुल निर्माण, स्वास्थ्य चौकी, शिक्षा, खानेपानी तथा पूर्वाधार विस्तारको माग गरेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका सांसद महतोले भने, “पटक पटक निर्वाचनमा भोट माग्न त नेता आउँछन् तर जितेपछि गाउँ फर्केर कोही आएनन् ।” पहिलो पटक प्रतिनिधि सभा सदस्यसँग भेटेर यहाँका समस्या सुनाउने अवसर मिलेको उनले बताए।

स्थलगत अवलोकनपछि आयोजित छलफल कार्यव्रmममा प्रतिनिधि सभा सदस्य महतोले जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा र विकासनिर्माण रहेको बता ए। आफू निर्वाचित भएदेखि नै जनताको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले भने, “हामी जनताको सेवा गर्न र विकासनिर्माणका काम गर्न निर्वाचित भएका हौँ । सकिने काम इमानदारीपूर्वक गर्नु पर्छ । झुटा आश्वासनले विकास हुँदैन ।”

पहिलो पटक यस क्षेत्रमा पुग्दा यहाँको भौगोलिक अवस्था, यातायातको समस्या र स्थानीयले भोगिरहेको कठिनाइ प्रत्यक्ष रूपमा अनुभूति गर्न पाएको प्रतिनिधि सभा सदस्य महतोले बताए । उनले यस क्षेत्रका खोलामा दुई वटा पक्की पुल निर्माणका लागि आफ्नो पहलमा बजेट स्वीकृत भएको जानकारी दिँदै ती आयोजना सम्पन्न भएपछि बर्सौंदेखिको आवतजावतको समस्या धेरै हदसम्म समाधान हुने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

नारायणी अस्पताल तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...

कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending