Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पुल निर्माण सम्पन्न नहुँदा दैनिक दुर्घटना, स्थानीयको यात्रा जोखिममा

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–२ र वडा नं ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल अधुरो हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानीमार्फत दुई वडाको सिमाना जोड्ने सो खोलामा पुलको काम पूरा नहुँदा स्थानीयको यात्रा जोखिम पूर्ण बनेको छ ।

पुलको काम विसं २०७७ मा सुरु भएको थियो । पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरी विसं २०७७ माघ २७ गते कार्यादेश दिइएको थियो । सुरु भएको तीन वर्ष पुग्दासमेत पुल सम्पन्न हुनसकेको छैन । यसैबीच उपभोक्ता समितिलाई चारपटक म्याद थप गरिएको छ । पुल सम्पन्न नहुँदै उपभोक्ता समितिले गत असारमा गरेको कामको आधारमा भुक्तानी पाएको छ ।

हेर्दै अनौठो लाग्ने पुल भए पनि बाटो छैन । पुलका दुवै पिल्लरतर्फ बाँसको सिँढी लगाइएको छ । स्थानीय बाँसको सिँढी उक्लेर पुलसम्म पुग्ने गरेका छन् । स्थानीय पुल पार गरेपछि पुनः बाँसकै सिँढीबाट झर्ने गरेका छन् । कोटहीमाई वडा नं २ भुवरी र वडा नं ५ बेनीनगर जोडने यो पुलमा यात्रा गर्दा कतिपयका हातखुट्टा भाँचिएका छन् भने कतिपयलाई चोटपटक लाग्ने गरेको छ । करिब ७० वर्षीय स्थानीय सोहरत अहिरले आफ्नो जीवनमै यस्तो पुल नदेखेको बताए । 

“यस्तो अप्ठ्यारो पुल छ, दैनिक दुर्घटना हुने गरेको छ”, अहिरले भने, “केही दिनअघि पनि भुवरीका एक जनाको खुट्टा भाचियो, खै कहिलेसम्म यस्तो नियति भोग्ने हो ।” हिउँद भएर केही सजिलो भएका स्थानीयहरुलाई भने वर्षायाममा पुल चढ्नै पर्ने बाध्यता रहेको छ । वडा नं २ का अधिकांश विद्यार्थी मझगाँवामा अध्ययनका लागि आउने गरेका छन् । पुलकै कारण दैनिक आफ्नो पहिलो कक्षा छुट्ने गरेको कक्षा १२ का विद्यार्थी सन्तोष मौर्यको भनाइ छ । 

“पुलमा साइकल चढाउनै सक्दिन, पैदल जानुपर्छ, जसले गर्दा विद्यालय पुग्दा पहिलो कक्षा छुट्ने गरेको छ”, मौर्यले भने, “पुलकै कारण पढ्न जान प्रत्येक दिन अप्ठ्यारो हुन्छ, हात खुट्टा भाँचिने जोखिम उस्तै छ ।” विसं २०७७ मा सम्झौता भएको उक्त पुलमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु ६१ लाख ९४ हजार सात सय ६२, गाउँपालिकाको रु १० लाख ४५ हजार दुई सय ४०, लठ्ठा, बोल्डर, ग्रीपलगायत सामग्रीको रु छ लाख ३९ हजार पाँच सय तीन र उपभोक्ता समितिको रु एक लाख ६० हजार आठ सय छ गरी जम्मा रु ८० लाख ४० हजार तीन सय १२ लगानी रहेको छ ।

गाउँपालिकाका इञ्जिनीयर नवराज भण्डारीका अनुसार उक्त योजनाको चार पटक म्याद थप गरिएको छ । “उपभोक्ता समितिले जिम्मेवारी बोध गरि काम नगर्दा निर्माण कार्य ढिलो भएको हो”, उनले भने, “चालु आवमा पनि रु १० लाख विनियोजन भएको छ, तर अहिलेसम्म सम्झौता नै हुन सकेको छैन ।”

पुल निर्माणमा उपभोक्ता समिति र स्थानीयस्तरको राजनीतिले प्रत्यक्ष असर पारेको बताइएको छ । पटकपटक म्याद थप गर्दा पनि काम पूरा नगर्ने उपभोक्ता समितिले अहिले पनि बाँकी काम आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । तत्कालीन उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरीले गाउँपालिकाको अदूरदर्शी निर्णयका कारण यो अवस्था आएको बताए । उनले पुल निर्माण कार्यको अनुगमन एवं परामर्शदाताको रुपमा गैरसरकारी संस्थालाई जिम्मा दिएर ढिलो भएको बताए । “गाउँपालिकाले लुम्बिनी एकीकृत विकास संस्था (लिडो) लाई कामको जिम्मा दियो”, उनले भने, “लिडोले समयमै सामग्री एवं अन्य काम नगर्दा निर्माणको काम ढिलो हुँदै गयो ।”

चौधरीले कोभिडको समयमा काम सुरु भएकाले पनि ढिलाइ हुन गएको दाबी गरे । यससँगै पुलको लागत अनुमानमा निर्माण सामग्रीको अनुमान गरिएको लागतको तुलनामा बजारमा दोब्बरभन्दा महङ्गो समान रहेका कारण पनि आफूले काम गर्न नपाएको बताए । सोही घाटा पूर्ति गर्न पुनः आफूले निर्माण काम गर्न पाउनुपर्ने उनको भनाइ छ ।

गाउँपालिका लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा पनि यहाँका अधिकांश योजना अलपत्र अवस्थामा रहेका बताइएको छ । अधिकांश योजनाका काम अहिलेसम्म सुरु नै हुनसकेका छैनन् । 

यस्तो अवस्थामा पुल सम्पन्न हुनेमा स्थानीयको आशंका अझै बढाएको छ । हिउँद सकिनै लाग्दा पनि निर्माण काम सुरु नभएका कारण आउँदो वर्षामा पुनः कष्टकर यात्रा सम्झिँदै स्थानीयमा चिन्ता बढ्दै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending