Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भविष्य निर्माण माविको अक्षयकोषमा ५४ लाख सङ्कलन

खबरडबली संवाददाता

गण्डकी । विद्यालयको बस सेवालाई व्यवस्थित गर्न यहाँको एक सामुदायिक विद्यालयले सुरु गरेको अक्षयकोषमा रु ५४ लाख चार हजार आठ सय ४५ सङ्कलन भएको छ ।

पोखरा महानगरपालिका–२१ कृष्तिनाच्नेचौरस्थित भविष्य निर्माण माविले बस सेवा सञ्चालनलाई दिगो बनाउने लक्ष्यका साथ दुई वर्ष अघि सुरु गरेको कोषमा उक्त रकम सङ्कलन भएको हो । रु एक करोड सङ्कलन गरी त्यसैको ब्याजबाट बस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवं विभिन्न पेशा व्यबसायमा आबद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्फुर्त रकम सङ्कलन भएको अक्षयकोष वृद्धि समिति संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिए । 

विद्यार्थी सुविधाका लागि अहिले एउटा बस सञ्चालन हुँदै आएको छ निकट भविष्यमा अर्को थप गर्ने सोच रहेको बताउँदै उनले समाजका विपन्न एव असहाय वर्गको शिक्षा आजर्नको थलो बनेको यस विद्यालयको अक्षयकोषमा सक्दो सहयोग गरेर पुण्यको काममा सहभागी बन्न सबैमा अनुरोध गरे । 

बसाइँसराइको कारण गाउँ रित्तिदै जानु र निजी विद्यालयका बस घरघर पुग्ने गरेको कारण विद्यार्थीको अभाव भएपछि विद्यालयले एक वर्षदेखि भाडामा लिएर एउटा बस सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । 

“पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउनका लागि पक्कि बाटोको पहुँच पुगेको छ”, उनले थपे, “यतिखेर बक्रेक, निर्मलपोखरी र वयली लगायतका क्षेत्रमा विद्यार्थीलाई बिहान र बेलुका बस सेवा पुगेको छ ।” विसं २००९ सालमा पुर्खाले स्थापना गरेको विद्यालयलाई दिगोरुप दिनका लागि सुरु गरेको अक्षयकोष वृद्धि कार्यक्रममा शिक्षाप्रेमीबाट भएको सहयोगले उत्साह थपेको उनको भनाइ छ ।

“गुणस्तरीय शिक्षामा जोड दिँदै बस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ”, उनले भने, “व्यवस्थापन विषयमा दशजोड दुईको पढाइ भइरहेको विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।” 

“विभिन्न चारवटा पक्की भवनमा २४ कोठा छन्, कक्षा दशसम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेका छन्”, उनले भने, “चालु आवमा भारतीय राजदूतावासबाट एउटा बस प्राप्त गर्ने सहमति भइसकेको छ ।” प्रत्येक कक्षाकोठा निगरानी लागि सिसीक्यामेरासहित प्रोजेक्टरको व्यवस्था गरिएको बताउँदै अध्यक्ष भुजेलले भने, “आइसिटी प्रविधिमा पठनपाठन भइरहेको छ । विदेशी तथा रोजगारीका लागि विदेशमा रहेको सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको हो ।”
 
वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले स्वस्फुर्त आर्थिक सहयोग गरेका थिए । सो अवसरमा रु ८० हजार बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE