भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताएका छन् । सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गरे ।
उनले भने, “आयोगलाई स्वायत बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायतता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।”
त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उनले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताए । कार्यक्रमका वक्ताले आयोगको समस्याबारे शिक्षा मन्त्रालयको ध्यान पुग्न नसकेन भन्दै प्रश्न उठाएपछि मन्त्री राईले भने, “आयोगमा मन्त्रालयको ध्यान नपुगेको हुन सक्ला तर ध्यान पुगेर मात्रै हुँदैन । सीमित साधनस्रोतले पनि काम भइरहेको छ कि जस्तो लागेको छ । म मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । यहाँ राम्रो ढङ्गले काम भएकै कारण गुनासो नआएको होला भन्ने मलाई लागेको छ ।”
शिक्षकलाई राजनीतिक दलले नै बिगारेको बताउँदै उनले भने, “म शिक्षकको प्रंशसक हुँ तर शिक्षक साथीलाई बिगारेको हामीले हो, म त्यसको जिम्मेवारी लिन्छु, शिक्षकलाई आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”
आन्दोलनका क्रममा शिक्षकसँग गरेको सम्झौता मुलुककै आर्थिक अवस्था कमजोर भएका कारण कार्यान्वयनमा आउन नसकेको बताउँदै उनले सरकारले शिक्षकसँग सम्झौता गरे पनि आर्थिक अभावका कारण कार्यान्वयन गर्न नसक्दा शिक्षा मन्त्रालयले गाली खाइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: