धरान । उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन ।
आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन् । उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो । तर आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले विहीबार दिउँसो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यकारिणी परिषद् बैठकबाट बढुवा प्रक्रियाको अन्तर्वार्ता तालिका स्वीकृत नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा प्रल्हाद कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेका बताए । उनले तत्काल यसको समाधान गर्न शिक्षक तथा कर्मचारीलाई अपिल गरिएको बताए । तर आन्दोलनरत पक्षले भने विश्वस्त हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले विगतमा पनि प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको तर कार्यान्वयन हुन नसकेकाले फेरि पनि प्रक्रिया अगाडि बढ्नेमा आशङ्का लागेकाले आन्दोलन जारी राख्नु परेको बताए । कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आन्दोलनमा सहभागीलाई प्रतिशोध साँधेर कारबाही नगर्ने प्रतिबद्धता पनि आउनुपर्ने बताइन् ।
अदालतको आदेशपछि आन्दोलनरत पक्षबीच दिनभर आन्दोलन रोक्ने कि अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलपछि आन्दोलन जारी राख्ने निर्णय भएको हो ।
आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि नै ठप्प भएको र आफूहरुको भविष्य अन्योलतातर्फ धकेलिएको भन्दै गत शुक्रबारदेखि प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेका विद्यार्थीले अदालतको फैसला र निमित्त उपकुलपति कार्कीले जनाए । सहमतिका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।
विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन् । उनले जबसम्म शैक्षिक गतिविधि सञ्चालन हुँदैन तबसम्म आफूहरुको अनशन जारी रहने जानकारी दिइन् । बढुवा प्रक्रियाविरुद्ध परेको मुद्दामा न्यायाधीश विपुल न्यौपाने र सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार बढुवासम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको ठहर गरेको थियोे ।
उक्त इजलासले प्रचलित कानुन बमोजिमको मापदण्ड एवं प्रक्रिया पूरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवासम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ ।
प्रतिष्ठानको नियमावली २०५५ को नियम १२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवासम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनोट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ । यद्यपि, अदालतले अन्तरिम बढुवा, स्तर वृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा सुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली, स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरीत हुने गरी तथा लोकसेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टु्ङ्गो नलागेसम्म अन्तरिम आदेश दिएको छ ।
प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: