Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सुरक्षित सडक र दुर्घटना न्यूनीकरण गर्दै जाने क्रममा दुर्घटना भई आइपर्ने आपतकालीन अवस्था, खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र कुरिनटारको ईच्छाकामनास्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सेवा सम्प्रेषण गर्न दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार तथा रेखरेखसम्बन्धी सम्झौता गरिएको हो । 

सो कार्यका लागि आवद्धताका लागि परामर्शदाताहरुले तयार गरेको उक्त नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयनका लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  

योजना सञ्चालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाइतेहरुको स्थलगतरुपमै उपचार गरिनेछ । यसमार्फत स्थानीय सबै स्वास्थ्य संस्थामा ट्रमासम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणसमेत थप हुने जनाइएको छ । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुर्घटनामा परेका घाइते तथा बिरामीलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको जानकारी दिए । 

उनले सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाइ बिरामी तथा घाइतेको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE