Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सुरक्षित सडक र दुर्घटना न्यूनीकरण गर्दै जाने क्रममा दुर्घटना भई आइपर्ने आपतकालीन अवस्था, खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र कुरिनटारको ईच्छाकामनास्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सेवा सम्प्रेषण गर्न दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार तथा रेखरेखसम्बन्धी सम्झौता गरिएको हो । 

सो कार्यका लागि आवद्धताका लागि परामर्शदाताहरुले तयार गरेको उक्त नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयनका लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  

योजना सञ्चालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाइतेहरुको स्थलगतरुपमै उपचार गरिनेछ । यसमार्फत स्थानीय सबै स्वास्थ्य संस्थामा ट्रमासम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणसमेत थप हुने जनाइएको छ । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुर्घटनामा परेका घाइते तथा बिरामीलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको जानकारी दिए । 

उनले सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाइ बिरामी तथा घाइतेको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

सरकारले निर्वाचनको वातावरण बनाउन सकेकाे छैन: नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending