Ntc summer Offer
Khabar Dabali १० बैशाख २०८२ मंगलवार | 22nd April, 2025 Tue
Investment bank

जलवायु परिवर्तनको प्रभाव: पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

खबरडबली संवाददाता

एजेन्सी । पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् । 

आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो बर्ष भएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) ले सन् २०२३ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म १९औं शताब्दीको उच्च रेकर्डभन्दा १.५२ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि भएको पुष्टि गरेको छ ।

यो पेरिस जलवायु सम्झौताको महत्वपूर्ण १.५ डिग्री सेल्सियसको ‘अधिकतम तापमान सीमा’को गम्भीर पूर्वाभास हो, तर यसले दशकौंसम्म मापन गरिने सीमाको स्थायी उल्लङ्घनको सङ्केत नगर्ने वैज्ञानिकहरूले बताएका छन् । ‘पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का जोहान रकस्ट्रोमले भने, “हामी १.५ डिग्री सेल्सियसमा छुँदैछौं र हामी लागत, सामाजिक लागत र आर्थिक लागत देख्छौं।

“सन् २०२३ मा लामो समयसम्म तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै रहेको देखिएको छ र यसले हामीलाई गर्मीको लहर, खडेरी, बाढी, प्रबलित आँधीबेहरी, सम्पूर्ण विश्वमा पानीको अभावको सन्दर्भमा वास्तवमै नराम्रोसँग असर पुर्‍याउँछ । सन् २०२३ ले हामीलाई यही कुरा सिकाएको छ । 

हालैका महिनाहरूमा अमेजन क्षेत्रमा विनाशकारी खडेरी, दक्षिणी युरोपका केही भागहरूमा जाडोमा पनि तापक्रममा वृद्धि, दक्षिण अमेरिकामा घातक डढेलो र क्यालिफोर्नियामा उच्च वर्षाजस्ता पृथ्वीभरि चरम घटनाहरू भएका छन् ।

“यो स्पष्ट रूपमा मानवताका लागि चेतावनी हो । हामीले हस्ताक्षर गरेको १.५ डिग्री सेल्सियसको सीमामा हामी अपेक्षा गरेभन्दा बढी गतिमा अघि बढिरहेका छौं”, रकस्ट्रोमले एएफपीसँग भने, “यद्यपि, एल निनो समाप्त भएपछि तापक्रम केही घट्नेछ ।”

कोपर्निकसका अनुसार सन् १८५० देखि १९०० सम्मको जनवरीको औसतको अनुमानभन्दा १.६६ डिग्री सेल्सियस बढी तापक्रम रेकर्ड भएको उच्च मासिक तापक्रमको लगातार यो आठौं महिना हो ।

“सन् २०२४ को सुरुवात अर्को रेकर्ड तोड्ने महिनाको साथ भएको छ । यो रेकर्डमा सबैभन्दा न्यानो जनवरी मात्र होइन तर हामीले पूर्व–औद्योगिक सन्दर्भ अवधिभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढीको १२ महिनाको अवधि पनि अनुभव गरेका छौं,” सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भने । 

मुख्यतया जीवाश्म ईन्धनको जलनबाट हालैका वर्षहरूमा ग्रह–ताप उत्सर्जन वृद्धि भइरहेको छ । यो दशकमा तापक्रम लगभग आधाले घट्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समिति (आईपीससिी)ले विश्व ३० को दशकको सुरुमा १.५ डिग्री सेल्सियसको तापक्रमले निकै प्रभावित बन्नेछ चेतावनी दिएको छ ।

इम्पेरियल कलेज लण्डनस्थित जलवायु विज्ञान र नीतिका प्राध्यापक जोरी रोगेल्जले एएफपीसँग भने, “धेरै तातो वर्षहरूको उत्तराधिकार प्रकृति र मानिसहरू दुवैका लागि नराम्रो समाचार हो जसले यी चरम वर्षहरूको प्रभाव महसुस गरिरहेका छन् ।”

उनले भने, “यदि विश्वव्यापी उत्सर्जनलाई तत्काल शून्यमा झारिएन भने विश्वले चाँडै नै पेरिस जलवायु सम्झौतामा निर्धारित सुरक्षा सीमाहरू पार गर्नेछ ।” कोपर्निकसका अनुसार जनवरीमा उत्तर–पश्चिमी अफ्रिका, मध्यपूर्व र मध्य एसियाका साथै पूर्वी क्यानडा र दक्षिणी युरोपमा तापक्रम औसतभन्दा निकै माथि थियो ।

तर उत्तरी युरोप, पश्चिमी क्यानडा र संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा तापक्रम औसतभन्दा कम देखिएको थियो । संसारका केही भागहरूमा जनवरीमा असामान्य रूपमा बर्षाको अनुभव गरिरहँदा उत्तरी अमेरिका, हर्न अफ अफ्रिका र अरब प्रायद्वीपको अधिकांश भाग सुख्खा भएको थियो ।

गर्मी र खडेरीसँग जुधिरहेको चिलीमा सुख्खा मौसमका कारण लागेको डढेलो नियन्त्रणमा नआएको र अझै पनि खतरा कायम रहेको उनले बताए । यो अवस्था फेब्रुअरीसम्म पनि जारी रहेको छ र शुक्रबारदेखि सुरु भएको डढेलोले तटीय भाल्पाराइसो क्षेत्रको छेउछाउमा व्यापक क्षति पुगेकाे छ । यहाँ डढेलोका कारण १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोपर्निकसका अनुसार दक्षिणी प्रशान्त महासागरको समुद्री सतहलाई तातो बनाउने एल निनो विषुवतीय प्रशान्त क्षेत्रमा कमजोर हुन थालेको छ । यसैबीच, समुद्री सतहको तापक्रमले पनि रेकर्ड तोड्ने क्रम जारी राखेको छ ।

रकस्ट्रोमले भने, “सन् २०२३ यस्तो वर्ष हो, जहाँ समुद्रको गतिशीलता निकै कमजोर भएको छ ।” महासागरले ग्रहको ७० प्रतिशत भाग ओगटेको छ र औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट कार्बन प्रदूषणबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशत अवशोषित गरेर पृथ्वीको सतहलाई जीवित राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिराहामा पूर्ववडाध्यक्ष किर्ते जालसाजीमा पक्राउ

सिराहा । विद्यालय भवन निर्माण नै नगरी मिलेमतोमा निर्माण सम्पन्न भएको किर्ते सिफारिसमा पालिकाबाट रकम भुक्तानी लिएको घटनामा भ्रष्टाचारी ठहर भई कैद सजाय ...

एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत

काठमाडौं । एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्ट...

चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक मार्ग निर्माण हुँदै

दाङ । दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिव ७५ प्रतिशत काम सकिएको छ । वैकल्पिक मार्ग नि...

२२५ बोतल लागुऔषधसहित सुमो चालक पक्राउ

मकवानपुरगढी । मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ । मंगबार बिहान अन्दाजी ६:५ बजेको समयमा प्रहरी चौकी ...

कैलालीका किसानमा चैतेधानको आकर्षण बढ्दै

कैलाली । कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैतेधान अहिले तीन ब...

करेन्टबाट आगलागीमा परी मृत्यु भएकाको शव आफन्तलाई

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव...

स्याङ्जाकाे आँधीखोला किनारमा पुरुष मृत फेला

स्याङ्जा । भीरकोट नगरपालका वडा नं.–१ मा आँधीखोला किनारमा  एक जना पुरुष मृत भेटिएका छन् ।  स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा म...

स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएक...

स्तरवृद्धि गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने

सल्यान । स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर...

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending