काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ ।
डिफ्युजन नोटिस इन्टरपोलसँग आवद्ध राष्ट्रहरूबीच फरार प्रतिवादीलाई पक्राउको लागि समन्वय गर्ने एउटा माध्यम भने हो । रोका सुनकाण्डमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङकी श्रीमती हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।
साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भएको करिब ६० किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
उनीहरूसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरिएको थियो । सात जनालाई प्रहरीले मुद्दा चलाउन नपर्ने राय दिएको थियो । सुन प्रकरणमा अन्य ४८ जना संलग्न रहेको अनुसन्धानमा खुलेको थियो । बाँकी व्यक्तिहरू फरार रहेको अवस्थामै मुद्दा दर्ता गरिएको थियो ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
उक्त सुन गाल्दा ६० किलो ७१६ ग्राम भएको थियो । उक्त सुन रेडी ट्रेड प्रालिले ल्याएको ब्रेक सुमा फेला परेको थियो । सुन तस्करी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: