Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जाडो छल्न मुगुका नागरिकलाई कम्मल बितरण

खबरडबली संवाददाता

मुगु । पछिल्लो समय मौषम परिवर्तनसँगै हिमाली जिल्ला मुगुमा चिसो बढ्दै गएपछि यहाँका नागरिकलाई कम्मल वितरण गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुगुको समन्वयमा जाडो छल्न मुगुका ज्येष्ठ नागरिक, अपाङ्गता लगायत अन्य ब्यक्तिहरूलाई कम्मल वितरण गरिएको हो । 

मंगलबार एक कार्यक्रमबीच छायाँनाथ रारा नगरपालिकाका नगर प्रमख बिष्णुकुमार भाम र रेडक्रस सोशाइटी कार्यालय मुगुका सभापति जय बहादुर मल्लले सयुक्त रूपमा करिव २ सय जनालाई कम्मल वितरण गरिएको नेपाल रेडक्रस सोशाइटी शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । 

उनका अनुसार हिमाली जिल्ला मुगुका नागरिकहरू, त्यसैमा पनि ग्रामिण क्षेत्रका ज्येष्ठ नागरिक चिसो समयमा केही ओत लागोस भनेर २ सय जनालाई एक/एक वटा कम्मल वितरण गरिएको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा ठूलो संख्यामा कम्मल वितरण गरिएको हो। जसमा अपाङ्गता ३० जना, नगर ज्येष्ठ नागरिक ३० जना, मुन्दु गाउँका २० जना, शोभाका ५०, अन्य तथा उपशाखामा २० जनालाई कम्मल वितरण गरिएको मन्त्री मल्लले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending