Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

विभागका अनुसार पाँच सय १२ मेगावाट क्षमताको बुरबाङ्ग, एक सय १० मेगावाट क्षमताको कोखाजोर जलाशयुक्त आयोजना, नौ सय १६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, सात सय मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, तीन सय ५० मेगावाट क्षमताको तल्लो बडीगाड र एक सय १५ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । ती आयोजनाको कूल क्षमता पाँच हजार दुई सय ६७ मेगावाट छ ।

सरकारले अध्ययन गरिरहेका यी आयोजनालाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न जोडबल लगाएको छ । त्यसका लागि आवश्यक मार्गदर्शन एवं सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अध्ययनमा रहेका ती आयोजनाको शीघ्र काम सम्पन्न निर्देशन दिएका छन् । लामो समयसम्म आयोजना अध्ययनमा मात्रै सीमित रहने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्नेमा जोड दिँदै उनले भने, “सबै तयारी समयमै सकिनुपर्छ । त्यसो भए मात्रै अपेक्षित लाभ हासिल गर्न सकिन्छ ।”

विभागले ५३ मेगावाट क्षमताको माथिल्लो चमेलिया, ६२ मेगावाट क्षमताको हुम्ला कर्णाली, ६० मेगावाटको यान्मा खोलाको अध्ययन गरिरहेको छ । त्यसैगरी, मध्य इन्खु २५, कवाडी खोला एक १६, हिमा खोला छ दशमलब सात, डाँडागाउँ खलङ्गा भेरी ८०, टोम डोगर ४३ मेगावाट क्षमताको आयोजना अध्ययनको चरणमा छ । तिला ४३, मस्र्याङ्दी तेस्रो ४१, सुपर बूढीगण्डकी ३४ र अपर होङ्गु ३२ मेगावाट क्षमताको आयोजना अध्ययनका क्रममा छ । ती आयोजनाको कूल क्षमता चार सय ९६ मेगावाट बराबर छ ।

विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ ।  आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएको छ । सो लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि पनि अध्ययनको काम सम्पन्न गरी आयोजना निर्माणको तयारी गर्नु जरुरी भइसकेको छ ।

मुलुकभित्र निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । जलाशययुक्त आयोजनाको अभावमा बढी बिजुली माग हुने हिउँदको समयमा विद्युत् आपूर्तिमा सधैँ समस्या पैदा हुने गरेको छ । यो तथ्यलाई मनन गरेर सरकारले पछिल्ला दिनमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending