Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

विभागका अनुसार पाँच सय १२ मेगावाट क्षमताको बुरबाङ्ग, एक सय १० मेगावाट क्षमताको कोखाजोर जलाशयुक्त आयोजना, नौ सय १६ मेगावाट क्षमताको हुम्ला कर्णाली क्यास्केड, सात सय मेगावाट क्षमताको कालीगण्डकी दोस्रो, तीन सय ५० मेगावाट क्षमताको तल्लो बडीगाड र एक सय १५ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । ती आयोजनाको कूल क्षमता पाँच हजार दुई सय ६७ मेगावाट छ ।

सरकारले अध्ययन गरिरहेका यी आयोजनालाई तत्काल आवश्यक प्रक्रिया पूरा गर्न जोडबल लगाएको छ । त्यसका लागि आवश्यक मार्गदर्शन एवं सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले अध्ययनमा रहेका ती आयोजनाको शीघ्र काम सम्पन्न निर्देशन दिएका छन् । लामो समयसम्म आयोजना अध्ययनमा मात्रै सीमित रहने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्नेमा जोड दिँदै उनले भने, “सबै तयारी समयमै सकिनुपर्छ । त्यसो भए मात्रै अपेक्षित लाभ हासिल गर्न सकिन्छ ।”

विभागले ५३ मेगावाट क्षमताको माथिल्लो चमेलिया, ६२ मेगावाट क्षमताको हुम्ला कर्णाली, ६० मेगावाटको यान्मा खोलाको अध्ययन गरिरहेको छ । त्यसैगरी, मध्य इन्खु २५, कवाडी खोला एक १६, हिमा खोला छ दशमलब सात, डाँडागाउँ खलङ्गा भेरी ८०, टोम डोगर ४३ मेगावाट क्षमताको आयोजना अध्ययनको चरणमा छ । तिला ४३, मस्र्याङ्दी तेस्रो ४१, सुपर बूढीगण्डकी ३४ र अपर होङ्गु ३२ मेगावाट क्षमताको आयोजना अध्ययनका क्रममा छ । ती आयोजनाको कूल क्षमता चार सय ९६ मेगावाट बराबर छ ।

विभागले २३ जलविद्युत् आयोजनाको भने सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरिसकेको छ ।  आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण भएको छ । सो लक्ष्यअनुसार विद्युत् उत्पादनका लागि पनि अध्ययनको काम सम्पन्न गरी आयोजना निर्माणको तयारी गर्नु जरुरी भइसकेको छ ।

मुलुकभित्र निर्माणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । जलाशययुक्त आयोजनाको अभावमा बढी बिजुली माग हुने हिउँदको समयमा विद्युत् आपूर्तिमा सधैँ समस्या पैदा हुने गरेको छ । यो तथ्यलाई मनन गरेर सरकारले पछिल्ला दिनमा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE