Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

गगन चुम्बनको गगनाँसु लोकार्पण

खबरडबली संवाददाता

काठमाडौं । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा।. कृष्ण हरि बराल, समीक्षक भूवन निस्तेज, गजलकार बाबु त्रिपाठी, विशिष्ठ अतिथि निराजन आचार्य तथा स्रष्टाले सामुहिक रूपमा लोकापर्ण गरेका हुन् ।

समीक्षक भूवन निस्तेज, उमेश अवस्थी आदर्श र गजलकार बाबु त्रिपाठीले कृतिमाथि आ(आफ्नो धारणा राखेका थिए  ।  निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै गगन चुम्बनको गगनाँसु ऐतिहासिक गजलसङ्ग्रह भएको उल्लेख गरे । उनले सङ्ग्रह भित्रका केही गजलका शेरहरू समेत वाचन गरे र कृति जीवन्त रहने कुराको विश्वास रहेको जिकिर गरे ।

यस्तै समीक्षक आदर्शले स्वच्छन्दतावादी काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवम् परिष्कृत धारमा रचिएको गगनाँसु गजलसङ्ग्रह निकै शक्तिशाली रहेको अभिमत राखेका थिए । 

कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलकालागि देश दौडाह गरिरहँदा यो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रह मध्येको एक उत्कृष्ट पुस्तक भएकाले सबै गजल पारखीहरूले पढ्न आवश्यक रहेको बताए ।  

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह बनेकाले यसले हरेक पाठकका मनलाई स्पर्श गर्ने छ भन्दै गजलको इतिहासमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले यो कृति अमूल्य रहेको बताउँदै स्रष्टालाई बधाई एवम् शुभकामना दिए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending