काठमाडौं । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा।. कृष्ण हरि बराल, समीक्षक भूवन निस्तेज, गजलकार बाबु त्रिपाठी, विशिष्ठ अतिथि निराजन आचार्य तथा स्रष्टाले सामुहिक रूपमा लोकापर्ण गरेका हुन् ।
समीक्षक भूवन निस्तेज, उमेश अवस्थी आदर्श र गजलकार बाबु त्रिपाठीले कृतिमाथि आ(आफ्नो धारणा राखेका थिए । निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै गगन चुम्बनको गगनाँसु ऐतिहासिक गजलसङ्ग्रह भएको उल्लेख गरे । उनले सङ्ग्रह भित्रका केही गजलका शेरहरू समेत वाचन गरे र कृति जीवन्त रहने कुराको विश्वास रहेको जिकिर गरे ।
यस्तै समीक्षक आदर्शले स्वच्छन्दतावादी काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवम् परिष्कृत धारमा रचिएको गगनाँसु गजलसङ्ग्रह निकै शक्तिशाली रहेको अभिमत राखेका थिए ।
कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलकालागि देश दौडाह गरिरहँदा यो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रह मध्येको एक उत्कृष्ट पुस्तक भएकाले सबै गजल पारखीहरूले पढ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह बनेकाले यसले हरेक पाठकका मनलाई स्पर्श गर्ने छ भन्दै गजलको इतिहासमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले यो कृति अमूल्य रहेको बताउँदै स्रष्टालाई बधाई एवम् शुभकामना दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: