चितवन । प्रणय दिवसलक्षित १८ औं 'सौराहा फुड फेस्टिबल २०८०' आगामी माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा रत्ननगर नगरपालिका–७ सौराहा (पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फ)मा पाँच दिनसम्म फुड फेस्टिबल सञ्चालन हुने भएको हो ।
खाना, संगीत र संस्कृतिको अवधारणासहित हरेक वर्ष प्रणय दिवसको अवसर पारेर उक्त फेस्टिबलको आयोजना गर्दै आइरहेको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ‘सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी हामीले फेस्टिबलका गतिविधिलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने, ‘यस्ता गतिविधिले कालान्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिएका छौं ।’
सम्पूर्ण पर्यटन व्यवसायीहरुमा उत्साह थप्दै विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी र विदेशी खानाको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सूर्य बहादुर रिमालले जानकारी दिए ।
रिमालका अनुसार फेस्टिबलमा बहुल जातजातीहरुको झाँकी प्रदर्शनी, प्रीति आले, मिलन लामा र पशुपति शर्मा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, ‘दि एक्सीस ब्याण्डको प्रस्तुती, हाँस्य कलाकारको प्रस्तुती, अन्तर विद्यालय नृत्य प्रतियोगिता, स्थानीय जातजातीका खाना प्रर्दशनी तथा प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।
कार्यक्रममा महिलाको विशेष प्रस्तुती रहने थापा मगरको लोपोन्मुख बाजा ‘सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा’ को समेत प्रस्तुती रहने रेवानका पूर्वअध्यक्ष एवम् कार्यक्रमका झाँकी संयोजक सुवास चन्द्रले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च हुने आयोजकको अनुमान छ । सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर करिब तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले फेस्टिबल अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
फेस्टिबलमा सामान्य दिनमा टिकटको मूल्य २० रुपैयाँ राखिएको छ भने प्रणय दिवसको दिनमा २५० रुपैयाँ तोकिएको अध्यक्ष गिरीले जानकारी दिए । ‘दुई/ चार पैसा भएपनि जोगाएर सौराहालाई व्यवस्थित बनाउन टिकट दर तोकिएको हो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: