चितवन । प्रणय दिवसलक्षित १८ औं 'सौराहा फुड फेस्टिबल २०८०' आगामी माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा रत्ननगर नगरपालिका–७ सौराहा (पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फ)मा पाँच दिनसम्म फुड फेस्टिबल सञ्चालन हुने भएको हो ।
खाना, संगीत र संस्कृतिको अवधारणासहित हरेक वर्ष प्रणय दिवसको अवसर पारेर उक्त फेस्टिबलको आयोजना गर्दै आइरहेको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ‘सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी हामीले फेस्टिबलका गतिविधिलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने, ‘यस्ता गतिविधिले कालान्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिएका छौं ।’
सम्पूर्ण पर्यटन व्यवसायीहरुमा उत्साह थप्दै विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी र विदेशी खानाको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सूर्य बहादुर रिमालले जानकारी दिए ।
रिमालका अनुसार फेस्टिबलमा बहुल जातजातीहरुको झाँकी प्रदर्शनी, प्रीति आले, मिलन लामा र पशुपति शर्मा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, ‘दि एक्सीस ब्याण्डको प्रस्तुती, हाँस्य कलाकारको प्रस्तुती, अन्तर विद्यालय नृत्य प्रतियोगिता, स्थानीय जातजातीका खाना प्रर्दशनी तथा प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।
कार्यक्रममा महिलाको विशेष प्रस्तुती रहने थापा मगरको लोपोन्मुख बाजा ‘सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा’ को समेत प्रस्तुती रहने रेवानका पूर्वअध्यक्ष एवम् कार्यक्रमका झाँकी संयोजक सुवास चन्द्रले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च हुने आयोजकको अनुमान छ । सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर करिब तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले फेस्टिबल अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
फेस्टिबलमा सामान्य दिनमा टिकटको मूल्य २० रुपैयाँ राखिएको छ भने प्रणय दिवसको दिनमा २५० रुपैयाँ तोकिएको अध्यक्ष गिरीले जानकारी दिए । ‘दुई/ चार पैसा भएपनि जोगाएर सौराहालाई व्यवस्थित बनाउन टिकट दर तोकिएको हो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: