Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडसहित त्रिपक्षीय साझेदारीमा च्याम्पियन फुटवेयर प्रालि स्थापना गरी १० रोपनी सरकारी सम्पत्ति हिनामिना गरिएको जनाएको हो । 

अनुसन्धान ब्युरोले सोही प्रकरणमा तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, तत्कालीन च्याम्पियन फुटवेयर प्रालि तथा च्याम्पियन फुटवेयरका सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरी र तत्कालीन च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एवं केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख किरण वज्राचार्यले पक्राउ परेका तीनै जनाको थप अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद पाएको बताईन । 

सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बाँसबारी छाला उद्योगका तत्कालीन अध्यक्ष थापा र चौधरी परिवारका तर्फबाट लुनकरणदास चौधरीबिच प्रवर्धन सम्झौता भएको देखिएको बताए । उनले भने, “क्यान्भास जुत्ता उत्पादन गर्ने भनेर त्यो सम्झौतामा ५१ प्रतिशत बलुनकरणदास चौधरी र परिवार, २५ प्रतिशत बाँसबारी छाला जुत्ता कम्पनीको र २४ प्रतिशत स्थानीयवासीको सेयर हुने भनियो । यो निर्णय २०४३ भदौ १३ गते च्याम्पियन्स फुटवेयर लिमिटेडमा बाँसबारी छाला जुत्ताको सेयर रहने निर्णय भएको देखिन्छ ।”

उहाँका अनुसार सोही क्रममा २०४३ कात्तिक २७ गते कम्पनी दर्ता भएको र २०४४ भदौ ५ गते बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको छ रोपनी जग्गा दुई लाख ५० हजार रुपियाँप्रति रोपनीका दरले १५ लाख रुपियाँ बराबर कायम गरेर च्याम्पियन फुटवेयरको नाममा नामसारी गरिएको देखिएको छ । उनले कम्पनी प्रवर्धनका लागि थप एक लाख रुपियाँ खर्च गरेको र थप चार रोपनी जग्गा पनि च्याम्पियनकै प्रयोजनमा ल्याइएको देखिएको बताए । उनका अनुसार उक्त निर्णय २०४४ मङ्सिर १८ गते भएको हो । 

उनले भने, “बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रुपियाँ लगानी भएको देखिन्छ । सुरुमा कम्पनी स्थापना गर्दाको पुँजी ५० लाख रुपियाँ थियो । पछि एक करोड रुपियाँ पुँजी बनाएको देखिन्छ । लगानीको हिसाबले हेर्दा नागरिकले पाउने सेयर कतैबाट पनि जारी भएको देखिँदैन । 

एसएसपी आचार्यका अनुसार अन्य लगानीकर्ताबाट ७४ लाख रुपियाँ लगानी गर्नुपर्ने भए पनि त्यसमा आठ लाख रुपियाँ मात्रै लगानी भएको देखिन्छ । उनले भने, “पहिले १० रोपनी लिएको र बाँकी आठ रोपनी पनि लिने उद्देश्य राखेको देखिन्छ । २०४९ असार २३ गते निजीकरण गर्ने सन्दर्भमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयरबारे निर्णय भएर गयो । २०५२ साउन ११ मा अरुण चौधरीले खरिद गरेको देखिन्छ । २०५४ साउन १२ मा पब्लिक लिमिटेड कम्पनीबाट प्राइभेट कम्पनीमा रूपान्तरण गरिएको देखिएको छ ।”

उहाँले तत्कालीन सरकारको कित्ता नम्बर ५० को १८ रोपनी तीन आना दुई पैसा जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णयबिना जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको सञ्चालक समितिले हिनामिना गरेको बताए । उनले किर्ते कागज र ठगी शीर्षकमा अनुसन्धान भइरहेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending